ने.वि.संघको ठाकुर राम बहुमुखी क्याम्पस इकाइ समितिले आज घोषणा पत्र सुझाव संकलन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

स्वतन्त्र विद्यार्थी युनियनको आगामी चैत ५ गते हुने चुनाव को मध्य नजर गर्दै ने.बि.संघ ठाकुर राम क्याम्पस इकाइ समितिले आज घोषणा पत्र सुझाव संकलन तथा प्रशिक्षण कार्यक्रम गरेका छन। ने.बि.संघको केन्द्रबाट आउनु भएका प्रतिनिधि घोषणा पत्र तयारी समितिका सदस्य सुरज सेजुवाल र अशोक बिस्तको उपस्थितमा सो कार्यक्रमको आयोजना गरिएको थियो ।

केन्द्रबाट आएका सदस्य सुरज सेजुवाल र अशोक बिस्तले विभिन्न घोषण पत्रको बुंदाहरु मा छलफल गरेका थिए।

१.थोरै समस्याको कथन, थुप्रै उपाय समाधानका ।

२.केही गर्न सकिने प्रतिबद्धता त केही कुरा संकल्पका ।

३.घोषणा पत्र ने. वि. संघको सुझाव आम विद्यार्थीका ।

४.विद्यार्थीको भविष्य निर्माण नै राष्ट्र निर्माणको आधार हो ।

५.डिजिटल कक्षा देखि राष्ट्र निर्माण सम्म ।

६.ने.वि.संघको लहर,प्राथमिकतामा गाउँका विद्यार्थी त्यसपछि मात्रै सहर ।

त्यस्तै उहाँले अहिलेको विद्यार्थीको प्राज्ञिक जीवन-चक्र’ बारे पनि विभिन्न सुझावहरु राखेका थिए।

१.नीतिगत सुधार, समस्याको पहिचान र निरुपण आधार

२.विश्वविद्यालयको कानूनी संरचना र नीतिगत सुधार,

३.योग्यताको आधारमा बिश्वविद्यालयको पदाधीकारी एवं क्याम्पस प्रमुखको चयन,

४.स्ववियु निर्वाचन गर्न क्याम्पसलाई स्वयत्तता प्रदान गर्न प्रचलित नीति तथा कानूनमा संशोधन ।

त्यस्तै ठाकुर राम बहुमुखी क्याम्पसमा ने.बि.संघमा रहेका विभिन्न गुट उपगुटबन्दीलाई अन्त्य गर्नु पर्ने बताएका छन। चुनाव जित्नलाई सब भन्दा पहिला ने.बि.संघ एक हुन आवस्यक रहेको बताए।

सो कार्यक्रम मा ने.बि.संघ पर्साका पुर्ब सभापति तथा तरुण दल पर्साका सभापति बिकास तिवारी,ठा.रा.ब.क्याम्पसका ईकाइका सभापति मनोज कुमार साह,ठा.रा.ब.क्याम्पसका पुर्ब निर्वाचित सदस्य धर्मराज यादव,ने.बि.संघ पर्साका सभापति ई.रमेश यादव,त्यस्तै ने.बि.संघका विद्यार्थीहरु को उल्लेख्य सहभागीता रहेको थियो।

त्यस्तै आउदै गरेको चुनावको मध्य नजर गर्दै ठाकुर राम बहुमुखी क्याम्पसका ने.बि.संघ ईकाइ सदस्य तथा यूथ कांग्रेस नेपालका मधेश प्रदेश सदस्य तथा स्ववियु चुनावमा ने.बि.संघबाट सचिव पदका दाबेदार रहेका राहुल कुमार गुप्ताले पनि सुझाव लेखी पठाएका छ्न। उनका अनुसार

१. ठाकुर राम क्याम्पस मधेस प्रदेश कै सबभन्दा जेठो क्याम्पस भएको तर पनि यस्को पढाईको स्तर दिनदिनै घट्नुको कारण खोजी गर्न आवस्यक रहेको छ।

२. ठाकुर राम बहुमुखी क्याम्पसमा सम्पुर्ण साधन स्रोत हुदा पनि यहाँको विद्यार्थीहरु ले पढ्न रुचि नदेखाउनुको मुल कारण पत्ता लगाउन जरुरी रहेको छ।

३.ने.बि.संघमा सबभन्दा पहिला सगंठनको शुद्धीकरण गर्न आवश्यक रहेको छ।मात्र राजनीति प्रभावमा ने.बि संघमा अध्यक्ष लगायत अरु पदाधिकारी कहिले सम्म चयन भै रहने छ्न।

४.अहिकेको जल्दा बल्दा समस्याहरु स्पष्ट पार्नका निम्ति ने.बि.संघका नेताहरु संग पनि बिचार विमर्श लिनुपर्ने बाध्यता संघले ल्याउनु पर्छ।

५.अहिलेको ने.बि.संघका नेताहरु दिन रात ठेकेदार, कर्मचारी सरुवा बदुवा र नेताहरु को प्यारो बन्न झोला बोक्दै हिडि रहेका छ्न । त्यस्ता बिकृतीलाई रोक्नका निम्ति आफूलाई राजनीति र सांगठनिक रुपमा अव्वल बनाउनु पर्छ।

६.अहिलेका नेताहरु संगठन विस्तारका लागि स्कुल,क्याम्पस लगायत जिल्लाभरको हरेक शैक्षिक संस्थामा गइ संगठन बारे बिचार स्पष्ट रुपमा राख्न जरुरी रहेको छ।

७. देशलाई मजबुत बनाउन र हाम्रो देशको सर्वभोमसत्तालाई जोगाइ राख्नका निम्ति केन्द्रिय नेताहरु लाई विकास लगायत जनताको समस्या समाधान गर्न दवाव दिनुपर्छ ।

८.ने.बि.संघका विद्यार्थी नेताहरु ले विद्यार्थीको समस्या समाधान गर्न अग्रसर हुन जरुरी छ।

९.अहिलेका विद्यार्थीहरु लाई विभिन्न अवसरहरु संग जोड्नका लागि ने.बि.संघ जोडदार माग उठाउन जरुरी रहेको छ।

१०. सबभन्दा पुरानो विद्यार्थी संगठन भएर पनि ने.बि.संघमा अहिले सम्म गुट्गत राजनीति हटि नसक्नुको कारण खोजी गर्न आवस्यक रहेको छ।

११.केन्द्रिय नेताले आफ्नो मान्छेलाई जसरी पनि ने.बि.संघमा राख्ने भागबन्डा गरेको कारणले पनि ने.बि.संघको अधिवेशनमा धेरै असर गरेको छ।

१२. केन्द्रिय नेताको रवैयाले गर्दा ने.बि.संघका अति विद्यार्थी नेताले आमरण अनसन बस्नु परेको छ । यो सम्बन्धि समस्या चादै सम्बोधन हुन जरुरी रहेको छ।

१३. ने.बि.संघमा उमेर हद लागि गर्न धेरै आवश्यक रहेको छ ।

ठाकुर राम बहुमुखी क्याम्पसका ने.बि.संघ ईकाइ सदस्य तथा यूथ कांग्रेस नेपालका मधेश प्रदेश सदस्य तथा स्ववियु चुनावमा ने.बि.संघबाट सचिव पदका दाबेदार रहेका राहुल कुमार गुप्ता

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close