नेपाली कांग्रेस बाराको कार्यकर्ता भेला तथा ठाकुर राम बहुमुखी क्याम्पसका विधार्थीहरु बिच भेटघाट कार्यक्रम सम्पन्न।

कलैया/१८ फागुन

नेपाली कांग्रेस बाराको कार्यकर्ता भेला तथा ठाकुर राम बहुमुखी क्याम्पसका विधार्थीहरु बिच भेटघाट कार्यक्रम सम्पन्न भएको छ।

नेपाली कांग्रेसका युवा नेता संविधान सभा सदस्य रन्जित कर्णको प्रमुख अतिथिमा बारा जिल्लाको कार्यकता सँग भेटघाट कार्यक्रम सम्पन्न भएको छ

कार्यकर्ता भेटघाट कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका युवा नेता संविधान सभा सदस्य रन्जित कर्णले आफ्नो मन्तव्य राख्दै क्रममा नेपाली कांग्रेस र उपेन्द्र यादवको जसपा सँग गठबन्धन गर्दा नेपाली कांग्रेसले जसपाको भोटे माग्छ र जसपाले कांग्रेसको भोट माग्दैन भने के को गठबन्धन भनेको जसपाले कांग्रेसलाइ गर्नु पर्छ र जसपाले कांग्रेसलाइ सहयोग गर्नुपर्छ भन्ने मनसाय हुने लाइ गठबन्धन भनिन्छ त्यसैले पहिला ‌कांग्रेस लाइ राष्ट्रपतिमा सहयोग गरोस तब हामि उपेन्द्र यादव लाइ सहयोग गर्छौ भनेका थिए। साथै नेपाल विद्यार्थी संघले हालै स्वतन्त्र बिद्यार्थी युनियन निर्वाचन एकलै भिडने बताएका थिए।

त्यसैगरी अर्को कार्यक्रम ठाकुर राम बहुमुखी क्याम्पसमा पनि नेपाली कांग्रे का युवा नेता संबिधान सभा सदस्य रन्जित कर्ण र तरुण दलका महासचिव युपेन्दर जंग शाही विधार्थीहरु सँग स्वतन्त्र बिद्यार्थी युनियन निर्वाचन बारे भेटघाट गरेका छन्।

उक्त कार्यकर्ता भेटघाट कार्यक्रम नेपाली कांग्रेसका युवा नेता संविधान सभा सदस्य रन्जित कर्णको प्रमुख अतिथि तथा नेपाली कांग्रेस बाराका जिल्ला सह-सचिव राजेश रौनियारको अध्यक्षतामा भएको कार्यक्रममा बिशिष्ट अतिथि तरुण दलका महासचिव युपेन्दर जंग शाही तथा नेपाली कांग्रेसका नेता बैकुण्ठ श्रीवास्तव,राकेश यादव,दिलिप राज कार्की,सन्तोष गुप्ता,ने.वि.संघ ठाकुर बहुमुखी क्याम्पसका इकाई अध्यक्ष मनोज कुमार साह,ने.वि.संघ पर्साका अध्यक्ष रमेश यादव,ने.वि.संघ पर्साका पुर्ब जिल्ला सचिव रोशन पटेल,तरुण दल पर्साका सदस्य मिकु सिंह,नेपाली कांग्रेस पर्साका क्रियासिल नेता राहुल गुप्ता,फिरोज अन्सारी,नेहा मिश्र लगायतको उपस्तिथी रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close