वीरगन्जमा उद्योगीको कालाबजारी : दुइ उद्योग सिल, ९१ लाखको ड्राइफुड्स जफत

वीरगन्जमा म्याद गुज्रिएका (डेट एक्सपायर) खाद्यवस्तु रिप्याकिङ गरेर बजारमा बेच्ने दुईवटा उद्योगमा प्रहरीले छापा मारेर सिल गरेको छ ।वीरगन्ज महानगरपालिका वडा नम्बर १३ श्रीपुर स्थित श्रवण रुङगटाको घरमा सन्चालित फुडको नेपाल प्रालि र स्न्याक एण्ड प्याक इण्डिस्ट्रजमा मंगलबार प्रहरीले छापा मारेर सिल गरेको हो ।

रुङगटाको घर भाडामा लिएर सन्जय अग्रवाल , विद्या सरावगी र सन्तोष अग्रवालले संयुक्त रुपमा सन्चालन गरेका दुई उद्याोगमा छापा मारेर सिल गरिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिए ।म्याद गुज्रिएर खान अयोग्य भएका खाद्यवस्तुहरु रिलेब्लीङ र रिप्याकिङ गरेर बजारमा बिक्री गर्दै आएको सुचनाको आधारमा मंगलबार उद्योगमा छापा मारिएको उनले बताए ।

दुवै उद्योगमा गरि करिब ९१ लाख रुपैया मुल्यको म्याद गुज्रिएका ड्राइ फुड्स (लालमोहन, चिप्स ,चकलेट , ससेज, जाम , फुलनदाना इत्यादि) बरामद भएको उनले बताए ।

जिल्ला प्रशासन कार्यालय , जिल्ला प्रहरी कार्यालय र वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालयबाट खटिएको टोलीले उद्योगमा छापा मारेर खानतलाशी गर्दा म्याद गुज्रिएका ड्राइफुड्सहरु मिति थपेर रिलेबलीङ र रिप्याकिङ गरि बजारमा आपुर्ति गर्दै आएको भेटिएकोले उद्योग र गोदाममा सिल गरिएको गिरिले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close