वीरगंज वार्ड नं ८ को वडा कार्यालय ले गर्भवती महिलाहरु लाई निःशुल्क भिडियो एक्सरे प्रभु हस्पिटल एण्ड रिसर्च प्रा.लिमा गराईदिने

वीरगंज, पर्सा

वीरगंज महानगरपालिका वार्ड नं ८ को वडा कार्यालय ले गर्भवती महिलाहरु लाई निःशुल्क भिडियो एक्सरे प्रभु हस्पिटल एण्ड रिसर्च प्रा.लिमा गराईदिने भएको छ।

वीरगंज महानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष रितेश गुप्ताको पहलमा गर्भवती महिलाहरुलाई निःशुल्क भिडियो एक्स–रे गराईदिने भएको हो । यसको लागि वीरगंज महानगरपालिका वडा नम्बर ८ को कार्यालय र प्रभु हस्पिटल एण्ड रिसर्च प्रालिबीच सम्झौता भएको छ ।

वडा नम्बर ८ को कार्यालयमा आज बिहान भएको सम्झौता पत्रमा वडा नम्बर ८ को तर्फबाट वडा अध्यक्ष रितेश गुप्ता र वडा सचिव राजकुमार गुप्ताले हस्ताक्षर गर्नुभएको छ । भने प्रभु हस्पिटलको तर्फबाट सञ्चालक डाक्टर मनोज कुमार गुप्ता र डाक्टर लक्ष्मी थापा गुप्ताले हस्ताक्षर गर्नुभएको छ । सम्झौता पत्रमा वीरगज महानगरपालिका वडा नम्बर ८ को वडा कार्यालयले सिफारिस गरेको आधारमा वडाका गर्भवती महिलाहरुलाई प्रति बिरामी ५९० रुपैंयाको दरले भिडियो एक्सरे गराउनु पर्नेछ ।

यसको भुक्तान वडा नम्बर ८ कार्यालयले गर्ने उल्लेख गरिएको छ । अल्ट्रा साउण्ड रेडियोलोजिष्ट बाटनै गर्नुपर्ने र अल्ट्रा साउण्ड गरिसकेपछि भुक्तानीको लागि प्रत्येक महिना वडा नम्बर ८ कार्यालयमा बिल पेश गर्नुपर्नेछ । यसको लागि वडा कार्यालयले २ लाख रुपैंया बजेट विनियोजन गरेको वडा सचिव राजकुमार गुप्ताले बताए ।

सम्झौतापछि बोल्दै वडा अध्यक्ष रितेश गुप्ताले स्वास्थ्य उपचारकै अभावमा गर्भवती महिलाहरुलाई समस्या नहोस भनेर निःशुल्क भिडियो एक्स–रे को पहल गरेर प्रभु हस्पिटलसँग सम्झौता गरेको बताउनुभयो । स्वास्थ्यकर्मी रमण झाले गर्भवती महिलाहरुलाई भिडियो एक्स–रे अति आवश्यक रहेपनि कसैले त्यो सुविधा नदिएको जानकारी गराएको र उहाँकै कुराबाट प्रभावित भएर आफूले अल्ट्रा साउण्ड सेवा दिने पहल गरेको बताउनुभयो ।

रमण झा अहिले भौतिक रुपमा नरहेपनि उहाँको कुरा गर्भवती महिलाहरुका लागि निकै महत्वपूर्ण र गम्भीर विषय भएकाले नै यसमा वडाले कार्यक्रमलाई अगाडि बढाएको बताउनुभयो । प्रभु हस्पिटलका सञ्चालक डाक्टर मनोज गुप्ताले महिलाहरुको स्वास्थ्य जटिलता गर्भवतीको समयमा नै हुने भएको र पेटमा भएको बच्चाको स्वास्थ्य अवस्था जान्नका लागि भिडियो एक्सरे अनिवार्य रहेकोले पनि वडा कार्यालयले अगाडि ल्याएको कार्यक्रमले वडाका गर्भवती महिलाहरुलाई फाइदा हुने बताउनुभयो ।

वडा अध्यक्ष रितेश गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा डाक्टर लक्ष्मी गुप्ता, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का, वीरगन्ज महानगरपालिकाकी स्वास्थ्य शाखा संयोजक इन्दिरा लोहनी,वडा सदस्य गफार मिया,अभियन्ता दिलिप राज कार्की, विभिन्न सन्चार कर्मी लगायत उपस्थित रहि बोल्नु भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close