जीतपुरसिमरा उपमहानगरले ठेक्केदार संग मिलोमतो गरेर कम मुल्यमा टेण्डर लगाएको भन्दै पर्यो निवेदन

बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले ठेक्केदार संग मिलोमतो गरेर कम मुल्यमा टेण्डर लगाएको भन्दै निवेदन परेको छ । कबाडी एवं सवारी करको टेण्डर न्युन मुल्यमा सकार भएको भन्दै यसलाई खारेज गर्न निवेदन परेको हो ।

कबाडी एवं सवारी करको टेण्डर न्युन मुल्यमा सकार भएको हुदा नगरपालिकालाई करोडौ रकमको नोक्सानी हुने भएको भन्दै १५ जनाले संयुक्तरुपमा जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर र प्रमुख प्रशासकिय अधिकृतलाई निवेदन बुझाएको छन् ।

कर्मचारीको मिलोमतोमा नियोजीत रुपमा खोलिएको टेण्डर अविलम्ब खारेज गरी नँया प्रक्रियाबाट पारदर्शीरुमा बोलपत्र आह्वान प्रक्रिया अगाडी बढाउन उपमहानगरपालिकामा निवेदन दर्ता गराइएको निवेदकहरु मध्येको राजुराज गिरिले बताउनु भयो।

घनश्याम गिरि, असलम देवान, सरोज पटेल, शेखर भण्डारी, राजुराज गिरि, संतोष कुशवाहा, तरुन सहनी, फैज आलम अंसारी, कपुर राज पुरी, योगेन्द्र महतो, ओमप्रकास गुप्ता, मुगलेआजम मंसुर, कृष्णा गुप्ता, राजेश गिरि र रामबाबु पटेलले संयुक्तरुपमा जीतपुरसिमरा उपमहानगरपालिकामा निवेदन बुझाएका हुन् ।

निवेदन परे पछि जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले यसमाथी छानविन गरेर अगाडि बढ्ने बताएका छन्। jankarinepal

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close