नागरिकता प्रमाणपत्र प्राप्त गर्ने कार्यलाई व्यवस्थित बनाउन मधेस सरकारको ध्यानाकर्षण

वीरगंज, पर्सा

नागरिकता प्रमाणपत्र प्राप्त गर्ने कार्यलाई व्यवस्थित बनाउन मधेस सरकारको ध्यानाकर्षण भएको छ।

बर्षौ देखि नागरिकता बिहीन अवस्थामा रहेका जन्मका आधारमा नागरिकता प्राप्त पीडामा बाचिरहेका नागरिकहरुको सन्तानलाइ हाल वशंजको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरिरहनु भएको सोको लागि मधेश प्रदेश सरकार खुसी प्रकट गरेको छ।

साथै नागरिकता प्रमाणपत्र प्राप्त गर्ने कार्यलाई व्यवस्थित बनाउन मधेश प्रदेस सरकारले प्रदेशका सबै जिल्लाभरीका स्थानीय प्रशासनलाई ध्यानाकर्षण गराएको छ।

मधेश प्रदेश सरकारका कार्यवाहक मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज मातहतका स्थानीय प्रशासनलाई ध्यानाकर्षण गराएको हो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close