संयुक्त राष्ट्रसंघको ७९औ महासभामा सार्क जर्नालिष्ट फोरमका अध्यक्ष लामाले सहभागिता जनाउदै

संयुक्त राष्ट्रसंघको ७९औ महासभामा सार्क जर्नालिष्ट फोरमका अध्यक्ष लामाले सहभागिता जनाउदै

काठमाण्डौ । सार्क जर्नालिष्ट फोरमका अन्तराष्ट्रिय अध्यक्ष राजु लामाले संयुक्त राष्ट्रसंघको ७९औ महासभामा सार्क राष्ट्रका पत्रकारहरुको प्रतिनिधित्व गर्दै सहभागिता जनाउने भएका छन । महासभा आगामी सेप्टेम्बर १० तारिकदेखि राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा सुरु हुँदै छ ।

अध्यक्ष लामाले संयुक्त राष्ट्रसंघ मुख्यालय न्यूयोर्कमा सेप्टेम्बर २० र २१ तारिकमा आयोजना हुने सो महासभामा सहभागिता जनाउदै दक्षिण एशियाली पत्रकारहरुको अवस्था, उनीहरुको भोगाई, मानवाअधिकार र शान्ति स्थापनामा उनीहरुले खेलेको भूमिकाको बारेमा जानकारी गराउने छन् ।

उनले सो समयमा हुने ‘साईडलाईन मिटिङ्ग’मा सक्रियता पूर्वक भाग लिदै समुहगत छलफलमा सार्क मूलुकमा पत्रकारले आ–आफ्नो राष्ट्रमा शान्ति स्थापना गर्न, लोकतन्त्रको रक्षा गर्दै मानवअधिकारको संरक्षणका लागि सार्क जर्नालिष्ट फोरमसमेतले खेलेको भूमिकाका बारेमा जानकारी गराउने बताए ।

सो महासभाको बैठकमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टिोनिओ गुटरेशले सम्बोधन गर्ने छन् । सार्क जर्नालिष्ट फोरममा दक्षिण एशियाली पत्रकारहरुको अधिकार रक्षाको लागि स्थापना गरिएको संस्था हो । यसको मुख्यालय काठमाण्डौ नेपालमा छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close