
बिरगंज महानगरपालिका स्काउट द्वारा आज दिक्षान्त तथा क्याम्पिङ कार्यक्रमको आयोजना गरिएको छ । बिरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहको प्रमुख अतिथिका रुपमा रहेका थिए भने विशिस्ट अतिथिका रुपमा बिरगंज महानगरपालिकाका उपमेयर इम्तियाज आलम रहेका थिए ।
सो कार्यक्रम लाई सम्बोधन गर्दै बिरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले अहिले सामुदायिक तथा संस्थागत बिधालयहरु मा स्काउट शिक्षा आवश्यक रहेको बताए।त्यस्तै बालबालिका तथा युवा वर्गलाइ नेपाल स्काउटको माध्यम द्वारा कर्तव्य, अनुसासित,स्वालम्वी बनाउने कार्यको प्रसंशा समेत गरे।
विशिष्ट अतिथिका रुपमा रहेका बिरगंज महानगरपालिकाका उप-मेयर इम्तियाज आलमले स्काउट दिक्षान्त समारोहलाई सम्वोधन गर्दै स्काउटिङ्गले बालबालिका,किशोरकिशोरी र युवाहरुको शारिरीक, मानसिक,सामाजिक,आध्यात्मिक एवं संवेगात्मक भावनाको विकाशमा योगदान पु¥याउन सहयोग गर्ने भएको हुँदा नगर भित्र यसको आवश्यकता अपरिहार्य रहेको बताए।उपमेयर आलमले शिक्षाको विकाशमा स्काउटिङ्गलाई अभिन्न अंग बनाउँने हो भने स्काउटमा राज्यले लगानी र सम्पूर्ण स्काउट लिडरले सक्रियता बढाउनु पर्ने कुरामा समेत जोड दिए।
बिरगंज महानगरपालिका वडा नं ३१ अन्तर्गत शोलखंपुरको राष्ट्रिय माध्यमिक बिधालयमा आयोजना भएको कार्यक्रममा स्काउटमा आवद्ध विभिन्न बिधालयका छात्रछात्राले मनोरञ्जनात्मक कृयाकलाप लगायत आफुले लिएका विभिन्न तालिमहरु देखाएका थिए। उक्त कार्यक्रमका सभापति रहेका राजन जोशीले बिरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह तथा उप-मेयर इम्तियाज आलमलाई मायाको टोकन दिई सम्मान गरेका थिए ।
आज सम्पन भएको उक्त कार्यक्रममा अतिथीका रुपमा बिरगंज महानगरपालिकाका शिक्षा शाखाका प्रमुख अरविन्द लाल कर्ण,राष्ट्रिय माध्यमिक बिधालय शोलखपुरका प्रधानध्यापक राज कुमार माली, ब्यवस्थापन समितिका अध्यक्ष हिरा पन्जिया , अभिभावक संघका अध्यक्ष महम्द फ्याज,बिरगंज महानगरपालिकाका अध्यक्ष जितेन्द्र प्रसाद यादव लगायत स्काउट का विभिन्न ब्यक्तीहरु तथा हजारौंको संख्यामा स्थानियको उपस्थिति रहेको थियो।




