
आज बिरगंज स्थित बिरगंज पब्लिक कलेजको पुरानो भवनमा इन्टर स्कुल वक्तित्वकला प्रतियोगिता आयोजना गरिएको छ। युनाईटेड नेपाल फाउन्डेसन द्वारा आयोजना भएको इन्टर स्कुल वक्तित्वकला प्रतियोगितामा बिरगंजका विभिन्न स्कुलका छात्रछात्राले भाग लिएका थिए।सो वक्तित्वकला प्रतियोगिताको शिर्षक “समाजमा सामाजिक सस्थाको कर्तव्य” रहेको थियो।
सो प्रतियोगिता कार्यक्रमका मुख्य अतिथि बिरगंज महानगरपालिकाका उप-मेयर इम्तियाज आलम रहेका थिए भने विशिष्ट अतिथीको रुपमा नेपाली कांग्रेस कि नेतृ तथा समाजिक अभियानता डा.सुश्मा तिवारी रहेकी थिइन ।
बिरगंज महानगरपालिकाका उप-मेयर इम्तियाज आलमले सो प्रतियोगितालाई सम्बोधन गर्दै अहिलेको जबानामा बोल्नेको पिठो पनि बिक्छ भनेझैं यो दुनिया बोल्न सक्नेको पकडमा रहेको युग भएका कारण विद्यार्थीहरूमा बोल्ने कलाको बिकास गर्न वक्तित्वकला प्रतियोगिता आयोजना हुनु एकदम जरुरी रहेको बताए ।
यस्ता प्रतियोगिताले अहिलेको बिद्यार्थीहरु मा बोल्न सक्ने बानीको विकाश बनाएको हुन्छ।अहिले बिरगंजमा रहेका सामाजिक सस्थाले समाजलाई बलियो बनाउन महत्त्वपूर्ण भुमिका खेलिरहेकाले आउने दिनमा पनि यस्तो प्रतियोगिताको आयोजना गराउन एकदम जरुरी रहेको बताए।यसका लागि बिरगंज महानगरपालिकाले पनि सहयोग गर्ने बताए।
त्यस्तै विशिष्ट अतिथीको रुपमा रहेकी नेपाली कांग्रेस कि नेतृ डा.सुश्मा तिवारीले वक्तित्वकलामा बिजयी भएका बिद्यार्थीहरुलाई शुभकामना दिंदै आगामी दिनहरुमा महिला शसक्ति करणको सवालमा बिद्यार्थी भाई बहिनीहरुलाई अगाडी बढ्न आग्रह गरिन। बिद्यालय स्तरदेखि नै यस्ता खाल्का अतिरिक्त कार्यक्रमहरुले बिद्यार्थीहरुको क्षमता बढ्दै जाने बताइन्।साथै महिलाहरुलाई शसक्तिकरण गर्न शिक्षाको ठुलो महत्व भएको बताइन् ।
आज आयोजना भएको उक्त प्रतियोगिता सस्थाका अध्यक्ष आकश कुमार दासको सभापतित्वमा सम्पन भएको थियो।प्रतियोगितामा बिजय भएको प्रथम,दोश्रो तथा तेस्रो छात्रछात्रालाई प्रमुख अतिथी उप-मेयर इम्तियाज आलमले प्रमाणपत्र तथा मायाको चिनो आफ्नो हातले प्रदान गरेका थिए।त्यस्तै उक्त कार्यक्रममा मायाको चिनो उप-मेयर आलम तथा नेतृ डा. सुश्मा तिवारीलाई सम्मान गरिएको थियो ।
उक्त कार्यक्रममा विभिन्न स्कुलका छात्र तथा छात्रा को उलेख्य उपस्तिथि रहेको भने विभिन्न सस्थाका प्रतिनिधिहरु,नेपाली कांग्रेसका नेता धर्मराज यादव,बिरगंज महानगरपालिकाका उप-मेयरका स्वकीय सचिव शेष हजरा लगायतका उपस्थिती रहेको थियो।