लागु औषध तथा साईबर अपराध सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

वीरगंज, पर्सा

लागु औषध तथा साईबर अपराध सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

समुदाय प्रहरी साझेदारी अन्तर्गत सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली र नेपाल राष्ट्रिय बिधापिठ माध्मिक विद्यालय पर्साको संयुक्त आयोजनामा लागु औषध तथा साईबर अपराध सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

उक्त लागु औषध तथा साईबर अपराध सम्बन्धी अन्तरक्रिया कार्यक्रम पर्सा जिल्ला स्थित वीरगंज महानगरपालिका वडा नं.१३ मा अवस्थित शाह दरवार होटलमा वीरगंज श्रीपुर स्थित नेपाल राष्ट्रिय विद्यापिठ माध्मिक विद्यालयका कक्षा ९,१० र ११ का छात्र-छात्राहरूलाई “ लागु औषध तथा साईबर अपराध सम्बन्धी अन्तरक्रिया कार्यक्रम “ मार्फत जानकारी गराएको थियो।

उक्त लागु औषध तथा साईबर अपराध सम्बन्धी अन्तरक्रिया कार्यक्रम जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कोमल शाहको प्रमुख अतिथीमा भएको कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक मनिराम थापा, वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक आशुतोष बहादुर शाही, महिला तथा वाल वालिका, जेष्ठ नागरिक सेवा केन्द्र पर्साका प्रहरी निरीक्षक मनिषा लौडारी, विभिन्न संघ संस्थाका प्रतिनिधी, सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली का अध्यक्ष राम सर्राफ, संचारकर्मीहरू लगायत २५० जनाको सहभागिता रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close