अग्रवालको सम्पति ३० अर्ब तर ऋण ५५ अर्ब बढी कसरी ? वर्ल्ड दैनिक१५ घण्टा अघि

अग्रवालको सम्पति ३० अर्ब तर ऋण ५५ अर्ब बढी कसरी ?
देशका बैंकिङ क्षेत्रहरुले सीमित व्यापारिक घरानाहरुलाई बैंकिङ कारोबारमा अर्बौं कर्जा सुविधा प्रदान गरिरहेका छन्। बैंकिङ क्षेत्र नै धरापमा पारेर शंकर ग्रुपको जगदम्बा स्टील कम्पनी जस्ता व्यापारिक घरानाहरुले देशका २६ वाणिज्य बैंकहरूबाट प्रवाह भएको कुल ४८ खर्ब कर्जामध्ये करिब ४० प्रतिशत कर्जा सुविधा उपभोग गरिरहेका छन्।

शंकर ग्रुपको जगदम्बा स्टील कम्पनीका मालिक शंकरलाल अग्रवाल हुन। अग्रवालको कुल सम्पति ३० अर्ब भन्दा माथि छैन तर वाणिज्य बैंकहरुबाट सबैभन्दा बढी ५५ अर्ब ४७ करोड, १६ लाख ५३ हजार ५१० ऋण लिएको तथ्यांक प्राप्त भएको छ।

सर्वसाधारणलाइ नेपालमा बैंकबाट ऋण लिनुपर्दा ऋणभन्दा करिब दुईगुणा बढी मूल्य पर्ने जिन्सी चिज राख्नुपर्छ भने अनेक सास्ती खेप्नु पर्छ। तर आफ्नो कूल सम्पत्तिभन्दा झन्डै दोब्बर कर्जा शंकरलाल अग्रवालले कसरी प्राप्त गरे ? कहाँको कुन सम्पत्ति धितो राखेर निजलाई ऋण दिइयो ? यी प्रश्नहरु यहाँ स्वभाविक रुपमा उठ्छ र चासोको विषय बनेको छ।

पछिल्लो समय मेडिकल व्यवसायी दुर्गा प्रसाईंले उठाई रहेको बैंकको अनियमितताको विषय बैंक र व्ययासायिको यो साठगाठबाट पुष्टि हुन्छ। प्रसाईं भन्छन्, “नेपालका बैंकहरुले जनता चुस्ने र माडे पोस्ने काम गरिरहेका छन्, जसले गर्दा नेपालको आर्थिक भविष्य सुखद छैन।”

कुल २६ मध्ये २२ वाणिज्य बैंकहरू दलाल पूँजीपति वर्गका मानिसबाट सञ्चालित छन् र, विभिन्न नामका कम्पनी खोलेर तिनले आफ्नो लगानीको बैंकबाट चाहेजति ऋण लिँदै आएका पाइएको छ। यी सीमित घरानाले उपभोग गरिरहेका २५ खर्ब रुपैयाँ ऋण सरल र सहज तरिकाले सर्वसाधारणलाई उपलब्ध गराइएको खण्डमा पाँच लाख नेपाली व्यवसायी लाभान्वित हुन सक्छन्। तर यस्तो कर्जा सुविधा सीमित व्यापारिक समूहको कब्जामा पर्दा यसबाट मुलुकको आर्थिक अवस्था थप संकटतिर मोडिने जोखिम बढेको अर्थशास्त्रीहरुको ठहर छ।

सीमित घरानाका यी व्यापारिक समूहले बैंकबाट सर्वसाधारणको अर्बौं रकम ऋणका रुपमा लिएर उद्योग खोल्ने, वीमा कम्पनी खोलेर आफैंले आफ्नो उद्योग या स्टोरमा आगो लगाउने र आफ्नै वीमा कम्पनीबाट परल मूल्यभन्दा तेब्बर नगद असुली गर्ने गरेकोले उनीहरुमाथि छनबिन आवश्यक देखिएको अर्थविद्हरु बताउँछन् । उनीहरुलाई नेपालमा आर्जेका रकम विदेशमा पुर्‍याएर थन्क्याउने गरेको आरोप समेत लाग्ने गरेको छ। #worlddainik

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close