रौतहट क्षेत्र नम्वर १ का संघिय साँसद तथा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र प्रदेश साँसद नागेन्द्र साहको विरुद्ध प्लेकार्ड बोकी सदरमुकाम गौरमा नाराबाजी गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत संघिय भौतिक पूर्वाधार विकास मन्त्रीलाई बुधवार ज्ञापन पत्र बुझाए । दुर्गा भगवती गाउँपालिका वडा नम्वर ५ का वडाध्यक्ष धर्मनाथ जयसवालको नेतृत्वमा सयौं स्थानीय बासिन्दाहरु अविलम्ब पुल निर्माणको वातावरण बनाउन नेपाल सरकार संग माग गर्दै ज्ञापन पत्र बुझाएका छन् ।
पूर्व मेची देखि महाकाली सम्म हुलाकी सडक आयोजना अन्तर्गतको सडक जुन तराई मधेशको जिल्लाहरुको सदरमुकाम भएर जोड्ने सडकमा वागमती नदीमा पर्ने उक्त पुल बर्षौ देखि अलपत्र अवस्थामा रहेका थिए । गत बर्ष तत्कालिन पप्पु निर्माण सेवालाई ब्लाक लिष्ट गर्दै उक्त टेण्डर खारेज गरेर नयाँ टेण्डरको माध्यमबाट अर्को निर्माण कम्पनी आएपनि निर्माण कार्य गति पाउन नसकेको आरोप वडाध्यक्ष जयसवाले गुनासो गरे ।
वडाध्यक्ष जयसवालले वाइ पी महा लक्ष्मी÷विकास जेभीले पुन ः ठेक्का सकार गरेर निर्माण कार्य गर्न कबोल गरेको तर निर्माण गर्न आनाकानी गरिरहदा पटक पटक ताकेता गर्दा कुनै सुनवाई नभएपछि बाध्य भएर ज्ञापन पत्र बुझाउनु परेको बताए । चाँडो भन्दा चाडो पुलको निर्माण कार्य सुरु भएन भने चरणबद्ध रुपमा संघर्ष गर्न हामी बाध्य हुने छौं समेत उक्त विज्ञप्तीमा उल्लेख गरिएका छन् ।
प्रमुख जिल्ला अधिकारीको अनुपस्थितिमा जिल्ला प्रशासन कार्यालय गौरका शाखा अधिकृत प्रशान्त बर्मालाई ज्ञापन पत्र बुझाइएको उनले भने ।
स्थानीय बासिन्दा एवं समाजसेवी दिपेन्द्र सिंहले बषौं बर्ष देखि अलपत्र रहेका बागमतीको पुल निर्माण नहुँदा बर्षेणी यहाँका बासिन्दाहरु निकै दुख कष्ट भाग्दै आएको हुँदा अविलम्ब उक्त पुलको निर्माण कार्य सम्पन्न गराएर जनताहरुलाई दुख कष्टबाट मुक्ति दिलाउन संघिय सरकार संग जोडदार रुपमा माग गरे ।
दुर्गा भगवती, यमुनामाई गाउँपालिकाका श्यामान्द शर्मा, विजय साह, राजेश ठाकुर, राघव राम सहित सयौं स्थानीय बासिन्दाहरु उक्त विरोध प्रदर्शन एवं ज्ञापन पत्र बुझाउनमा सहभागी रहेको थियो ।