वीरगन्जमा टिनको छानो सहितको दुईवटा कोठा बनाएर १ करोड बजेट झ्वाम

प्रदेश सरकारबाट हुने विकासमा व्यापक अनियमिमता हुने गरेको तथ्य फेला परेको छ । उपभोक्ता समिति गठन गरेर वीरगञ्जमा टिनको छानो सहितको दुईवटा कोठा बनाएर १ करोड बजेट झ्वाम गरेको समाचार प्रप्त भएको छ ।

प्रदेश सरकार मातहतबाट भएका काममा कुनैपनि त्यस्तो विकास छैन, जहाँ लुटतन्त्र भएको हुँदैन । खास गरेर प्रदेश २ सरकारका मुख्यमन्त्री, मन्त्रीदेखि लिएर उनका पिएसम्म कमिशन मात्रै लिएर बजेट निकाशा गर्ने गरेको बेला बखत विभिन्न सञ्चारमाध्यमबाट सार्वजनिक भइनै रहेको हुन्छ ।

वीरगञ्ज नारायणी रंगशाला छेउमै दक्षिण पूर्वतर्फको कुनामा क्रिकेट खेलाडीहरुको लागि ग्राउण्ड निर्माण गरिएको छ भने खेलाडीहरुकै लागि चाहिने भवन पनि निर्माण गरिएको छ ।

क्रिकेट ग्राउण्ड र एक तल्ले भवन पहिलानै निर्माण गरिएको थियो तर त्यसलाई मर्मत सम्भार र नयाँ प्याराफिट निर्माणको लागि २०७४/०७५ मा प्रदेश सरकारले १ करोड बजेट छुट्याएको थियो र त्यो एक करोड बजेटबाट पहिलाकै एकतल्ले भवनको माथि टिनको छाना सहितको दुईवटा कोठा तथा फ्लामको डण्डी गाडेर माथि फाइबर राखेर छानो निर्माण गरिएको छ । त्यतिकैमा १ करोड बजेट सिध्याइएको छ ।

१ करोड वा त्यो भन्दा बढि लगानीको कुनैपनि भौतिक संरचना निर्माण गर्नका लागि टेण्डर आह्वान गरेर निर्माण गर्नुपर्ने भएतापनि त्यस्तो नगरिएको बुझिएको छ ।

दुई आर्थिक वर्षमा ८० लाख र २० लाख गरि बजेट निकाशा भयो र क्रिकेट संघका अध्यक्ष समेत रहेका दाउद अन्सारीको संयोजकत्वमा उपभोक्ता समिति गठन गरेर निर्माण कार्यको जिम्मा लिएर निर्माण गरिएको बुझिएको छ ।

त्यतिकैमा १ करोड बजेट सिध्याइ अब हाल आएर बजेटको अभाव भयो भन्ने बहानामा निर्माण कार्यलाई रोकिएको छ ।

अर्कोतर्फ नारायणी रंगशालालाई निर्माणको लागि बनाइएको डिपिआर अनुसार पनि उक्त भवन निर्माण गरिएको छ । नारायणी रंगशालाले आफ्नो मातहतभित्रका सम्पूर्ण भौतिक संरचनालाई डिपिआर अनुसार बनाउन लागि परेको अवस्थामा प्रदेश सरकारले उक्त शिर्षकमा दिएको १ करोड बजेटलाई जसरी पनि सिध्याउने भन्ने सोचले डिपिआर विपरित उक्त निर्माण कार्य गरिएको छ ।

भोलिका दिनमा रंगशालाले आफ्नो डिपिआर अनुसार भौतिक संरचना निर्माण गर्दा प्रदेश सरकारको बजेटबाट दिएको कार्यकर्ता पलने १ करोडको निर्माण गरिएको उक्त संरचना पनि भत्काइनु पर्ने हुन्छ ।yatradaily

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close