मालपोत कार्यालय पर्सामा भ्रष्टाचारको बिगबिगी

राहुल गुप्ता
वीरगंज : मालपोत कार्यालय पर्सामा भ्रष्टाचारको बिगबिगी रहेको समाचार प्राप्त भएको छ।सोधपुछ शाखामा कार्यरत नायब सुब्बा मुकेश सिंह,अफताब आलम र जित बहादुर चौधरीले बिना पैसा काम नगर्ने गरेको सेवाग्राहीले गुनासो गरेका छन एक फाइलको सोधपुछ को ५००/- देखी १०००/-लिने गरेको सेवाग्राहीको गुनासो रहेको छ।सबै कागजात मिलेपनि पैसा नदिए सम्म फाईल अगाडि नबढाउने उनीहरुको दिनचर्या नै बनेको नाम नबताउने शर्तमा एक सेवाग्राहीले बताए ।

यसैगरी गरी मुद्दा फाँटका राजेश्वर साह तेली र रामरेखा चौरसिया,साहेब साह गोढ पनि बिना पैसा नामसारी,दाखा र हालसाबिक गर्न मान्दैन । उनीहरुले प्रति सेवाग्राहीबाट पाँच हजार देखि एक लाख सम्म कमिशन अशुल्ने गरेको र नदिने सेवाग्राहीको फाईल अड्काउने गरेको समाचार प्राप्त भएकोछ।

सरकारी पदमा सेवा गर्न बसेका तेली,गोढ र चौरसियाको हर्कतका कारण मालपोत गन्हाउन थालेको छ । श्रोतका अनुसार तेली,गोढ र चौरसिया ले पैसा असुलेर हाकिम सम्म पुर्याउने गरेका छन। नेपाली काँग्रेस निकट रहेका तेली सता र नेताको भक्ति गरेर लामो समय सम्म मालपोत पर्सामा समराज्य खडा गरेर बसेका छन ।नायब सुब्बा सरह कर्मचारी तेली ले छोटो समयमै वीरगंजमा महल ठड्याउने देखि छोरा छोरीलाई बिदेश पढाउने समेत भ्याएका छन । सरकारले उनको सम्पतिको छानबिन कहिले गर्ने हेर्न बाँकी छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close