दुबै खुटा बाँङ्गो दलित बालकको वाईसिएल पर्सा ईन्चार्ज पटेलले गराई दिए उपचार

नेकपा माओबादी केन्द्रको भातृ सँगठन वाईसिएल पर्साका ईन्चार्ज सन्तोष पटेलले एक जना गरिब दलित परिवारको बच्चाको उपचार गराई दिएका छन ।पर्साको धोबनी गाँउपालिका वडा नम्बर २ आसवारी बस्ने दिपेन्द्र रामका छोरा आर्यन रामको उपचार पटेलले गराएका हुन ।रामका पाँच बर्षिय छोरा आर्यनको दुबै खुटा नचल्ने भएर अशक्त बालक अशक्त भएका थिए ।

उपचारमा बढी पैसा खर्च हुने तथा गरिब परिवारसित पैसा नभएपछि उपचारको अभावमा बालक बाँचिरहेका थिए ।दुबै खुटा अशक्त भएपछि बालक हिडडुल गर्न सकेका थिएनन ।पैसाको अभावमा उपचार नपाएर हिडडुल गर्न नसक्ने बालकलाई गत बर्ष बैशाखमा सम्पन्न स्थानीय तहको निर्बाचनको बेला परिवारजनले सहयोग मागेका थिए ।

नेकपा माओबादी केन्द्रको तर्फबाट धोबिनी गाउँपालिकाकाको अध्यक्ष पदमा चुनाव लडेका पटेलले घरदैलोकै क्रममा बालक आर्यनको उपचार आफुले गराई दिने भनि उनका परिवारसित बाचा गरेका थिए ।चुनावमा हार बेहोरेपनि पटेलले आफनो बाचा अनुसार ति बालकको दुबै खुटाको उपचार गराएका छन ।

उपचार पशचात बालक अहिले घुमफिर गर्न सक्ने भएका छन ।बालकको उपचार भएपनि उनका अभिभावक खुशी भएका छन ।उनीहरुले पटेललाई धन्यबाद दिएका छन । “चुनावको बेला ५बर्षिय बालकको दुवै खुटा अशक्त र बाँङ्गो देखे, रामको अभिभावकले उपचार गर्न सहयोग मागे त्यसपछि मैले चुनावकै बेला गरेको बाचार अनुसार अहिले बालकको उपचार गराएर सहयोग गरेका छु, पटेलले भने ।’ हिलडुल गर्न नसक्ने बच्चा अहिले मज्जाले दौडिरहेको देखेर स्थानिय समेत खुशी भएको बालकका अभिभावकले बताएका छन ।

पटेलले आफु राजनितीसँगै समाजिक सेवामा पनि सदैब तयार रहदै आएकोले समाजिक उतरदाियत्वलाई बुझदै बालकको उपचार गराएको बताए । यसैगरी ५५ लाख बक्यौतापछि धोबिनी गाउँपालिकाकै असवारी टोलको लाईन काटिएकोमा नेता पटेलको सक्रियतामा पुनः लाईन जोडिएको छ ।

बिगत ६ महिना देखि काटिएको लाईन नेता पटेलको सक्रियतामा जोडिएपछि अहिले स्थानीयहरु हर्षित भएका छन । निरन्तर समाजसेवामा लागि परेका नेता पटेलले राजनितिलाई समाजसेवाको रुपमा लिएर काम गर्ने गरेको बताए । #Pratiksha News.

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close