मगरथानाको प्रहरी चौकीको स्थिती यस्तो ,सम्बन्धित निकाय मौन

असार ११ ,मगरथाना

ममता शर्मा

महोत्तरीको सोनमा गाउपालिका वडा न.६ मगरथाना स्थित रहेको प्रहरी चौकीमा सम्बन्धित निकायबाट प्राप्त हुने सेवा सुबिधाहरुको कमि देखिएको छ । बिभिन्न सरसामाग्रीहरुको कमि भएको प्रहरी जवान राजेश राइले गुनासो गरेका छन् ।

प्रहरीलाइ स्थानीय सरकारले उपलब्ध गराउनुपर्ने सुबिधाहरुको निकै अभाव रहेको छ , उनले भने “चौकीमा कुर्सि ,फर्निचर ,टेबल ,समान राख्न दराज केहि पनि छैन ।

स्थानीय स्तरमा पंचैती गर्नको लागि सबैलाइ भुइँमै बसाएर गर्नुपरेको छ । चौकीमा भर्याङ्ग पनि छैन जसले गर्दा कठिनाइ भइरहेको छ ।”

सोनमा गाउपलिकाको वडा न.६, ७, ८ र गौशालाको वडा न.७ स्थानीय समेटेर कार्य उक्त प्रहरी चौकीले गर्दै आएको उनले बताएका छन् ।

प्रहरी चौकीको वरपर कम्पाउण्ड पनि नभएको र प्रमुख ढोका पनि नभएको उनले बताएका छन् ।

असई सहित ६ जना प्रहरी कार्यरत उक्त प्रहरी चौकीमा वाईफाई पनि नभएकोले अनलाइन सम्बन्धिको काम आफ्नै लागतमा गर्ने गरेको दुखसो उनले पोखेका छन् । त्यस्तै गाडी (यातायात )को पनि सुबिधा छैन गाउमा कार्यको लागि हिडेरै जानुपर्ने अवस्था रहेको छ । उनले भने त्यति मात्र नभएर विपद व्यवस्थापनमा काम लाग्ने ( पानी बुट ,डोरी ,बाल्दीन ,बेल्चा ) कुनै पनि सामग्री छैन ।

झ्यालहरुमा जालि पनि नभएकोले लामखुट्टे र विषालु किराफट्यांग्राको डर पनि हुन्छ र कहिले काही त सर्प पनि भित्र छिर्ने गर्दछन ।”

स्थानीय निकायमा यसको लागि पटक पटक पहल गरेपनि कुनै चासो नलिएको उनले गुनासो गरेका छन् । हाम्रो समस्या बुझ्ने समेत प्रयास गरेका छैनन् भनेर उनले भनेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close