
चैती छठ आएसँगै यो पर्वलाई बनाउन अहिले वीरगन्जका जनता लगायत देश बिदेशमा रहेका श्रधालुहरुमा रौनकता छाएको छ । आज बाट नहाए खाएको दिन बाट औपचारिक रुपमा सुरु भएको यो पर्व तीन दिन चल्ने गर्दछ । वीरगन्ज लगायत पर्सा जिल्लाका अधिकास छठ गर्ने श्रधालुहरु श्रीसिय नदिको किनारमा बसेर छठ मनाउने गर्द छन ।
यसपाली पनि छठ पर्व मनाउनु पर्ने भएपछि श्रीसिया नदिको अवस्था देखेर भक्तजनहरु निराश हुँदै गएका छन।
हरेक चुनावमा नेताहरु ले आफ्नो चुनावी एजेन्डाको रुपमा श्रीसिया नदिको मुद्दा उठाएपनी चुनाव जितिसके पछी यस्को मुद्दा हराएर गएको छ ।
बस्ती नजिक भएर बग्ने सिर्सिया नदी केही वर्षअघि सम्म स्थानीयको पानीको प्रमुख स्रोत थियो तर पर्सा–बारा औद्योगिक करिडोरमा सञ्चालित उद्योगहरुले नदीमा प्रदूषित पानी र फोहोर सिर्सिया मिसाएपछि नदी दुर्गन्धित भई बस्तीमा बस्नै नसकिने अवस्था सिर्जना भएको स्थानीयको भनाइ छ।
बिरगंज महानगरपालिकाका मेयरले अनुगमन गरेपनी अहिले सम्म केही नगरेको स्थानियहरुले बताएका छन । नदि लाई प्रदुषित बनाउने उधोगहरु लाई कार्वाहीको लागि पत्र काटेपनी केही उधोगी बाहेक अरु कसैलाइ बिरगंज महानगरपालिकाले केही पनि नगरेको सामाजिक अभियन्ता रंजन दासले बताएका छन । अनुगमनको नाम बिरगंजका जनप्रतिनिधिले भत्ता मात्र खाने गरेका छन ।
कुनै बेला छठ पर्व मनाउन सिर्सिया नदी प्रसिद्ध मानिन्थ्यो। नदी प्रदूषित भएपछि स्थानीयले नदीमा छठ पर्व मनाउनै छोडिसकेका पत्रकार राहुल गुप्ताले बताए । सिर्सिया नदीको प्रदूषण रोक्न स्थानीय तहका जनप्रतिनिधिलाई पटकपटक आग्रह गरे पनि खासै चासो देखाएनन् । फोहोर पानीकै कारण स्थानीयले तरकारी खेती गर्न छाडे भने नदीमा जलचर र वनस्पति मासिएको उनको भनाइ रहेको छ।




