नेपाल कै एतिहासिक धरोहर भतकाइयो वीरगन्ज महानगरपालिका(फिचर सहित)

नेपाल कै एतिहासिक धरोहर भतकाइयो वीरगन्ज महानगरपालिका(फिचर सहित)

राहुल गुप्ता

बीरगंज स्थित जिल्ला प्रहरी कार्यालय पर्साको अगाडि रहेको बीरगंजको ऐतिहासिक लाल बग्ला नामले चिनिने घर आज वीरगंज महानगरपालिकाले भत्काएको छ।

नेपालको प्रथम रेल चल्ने उक्त ठाउँ लाई रेल्वे स्टेसनका रुपमा विकास गरिएको थियो।एउटा ऐतिहासिक धरोहर बोकेको ठाउँलाई यसरी महानगरपालिकाले डोजर लगाएर भत्काएको छ।स्थानीय बासिन्दालाई यस विषयमा सोध्दा उनीहरुले आफ्नो बाल्यकाल यसै ठाउँमा बितेको र यसै ठाउँमा आफूहरु हुर्केको ठाउँ लाई वीरगंज महानगरपालिकाले तहसनहस गरेकोले धेरै दुःख लागेको बताएका छन्।

लाल बग्ला एउटा छुट्टै इतिहास बोकेको लाल बग्ला हो नेपाल भरि एउटा चिन्ने स्थलको रुपमा मानिन्छ यो लाल बग्ला भनेको नेपालको सबभन्दा पुरानो र ऐतिहासिक पर्यटकिय स्थलको रुपामा मानिन्छ‌।

वीरगंज महानगरपालिकाले लाल बग्लालाई म्युजियमका रूपमा विकास गरेको भए कति राम्रो हुन्थ्यो। वीरगंजका विभिन्न ऐतिहासिक ठाउँहरूको फोटोहरूलाई सम्हालेर यसमा राखेर संगालेर हामीले वीरगन्जको सम्पुर्ण जानकारीहरु लाई विभिन्न ठाउमा प्रचार गर्न सक्थ्यो। साथै म्युजियममा घुम्नको लागि वीरगंज महानगरपालिकाले‌ एउटा दर रेट राख्थ्यो लाल बग्ला पर्यटक जो रुपमा चिनिन्थ्यो। नेपाल र भारतको जनताहरूले त्यो म्युजियममा घुमफिर गरेर जान्थ्यो भने हाम्रो वीरगंजको नाम लिन्थ्यो र पर्यटकको रुपमा वीरगंज विकसित हुन्थ्यो।

तर वीरगंज महानगरपालिकाले विकासको नाममा यस्ता ऐतिहासिक ठाउहरु लाई मासेर कस्तो विकास गरिरहेको छ स्थानियहरुले गुनासो गरी रहेका छन।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close