१४ किलो चाँदीसहित रक्सौलका अमन, विकी र पर्साका श्रवण पक्राउ

१४ किलो चाँदीसहित रक्सौलका अमन, विकी र पर्साका श्रवण पक्राउ

प्रहरीले १४ किलो चाँदीसहित ३ जनालाई पक्राउ गरेको छ। ललितपुरबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको हुण्डाई कारबाट १४ किलो २५० ग्राम चाँदीसहित उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ परेकाहरूमा भारत रक्सौलका अमन कुमार, विकीकुमार साह, र सवारी चालक पर्सा लिपर्नी विर्ताका श्रवण कुमार कानू रहेका छन्। प्रहरीले जानकारी दिएअनुसार, सानो गौचरणस्थित अटो सर्भिसेज प्रालि नामको वर्कसप भित्र गाडी रोकिरहेको अवस्थामा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

ब्युरोका प्रवक्ता एसपी होबिन्द्र बोगटीले पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको जानकारी दिए।

पक्राउ परेका व्यक्तिहरूले चाँदीको वैधता र स्रोतबारे कुनै ठोस प्रमाण पेश गर्न नसकेकाले उनीहरूलाई अनुसन्धानको दायरामा राखिएको हो। यस घटनाले चाँदी तस्करीको सम्भावित संजालको खुलासा गर्ने सम्भावना रहेको बताइएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close