सवारी दुर्घटनामा संलग्न भई फरार रहेको ट्रक सहित चालक पक्राउ ।

चितवन , फागुन १९ गते बुधबार ।

मिति २०७७।११।०९ गते राति बिहान अं. ३:३० बजे खैरहनी नगरपालिका वडा नं १ तरकारी चोक स्थित नाईट पसल अगाडि नं. नखुलेको सवारीले दुर्घटना गरी फरार भएको सवारी दुर्घटनामा जिल्ला चितवन कालिका न.पा.वडा नं.३ पदमपुर बस्ने बर्ष ४० को कुल बहादुर मोक्तानको मृत्यु भएकोमा विस्तृत अनुसन्धान गरी शंकित सवारी पहिचान गरी घटनामा संलग्न भएको ना६ख २९०९ न.को ट्रक तथा चालक जिल्ला चितवन राप्ती न.पा.वडा नं.१ बस्ने बर्ष ३० को गणेश बहादुर तामाङलाई मिति २०७७/११/१७ गते राती अं.२३:३० बजेको समयमा खैरहनी न.पा.-८ पर्सा बजारबाट नियन्त्रणमा लिएकोमा निजले घटना सम्बन्धमा स्वीकार समेत गरेको र थप अनुसन्धानको लागि सम्मानित चितवन जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि थप अनुसन्धान जारी राखिएको ईलाका प्रहरी कार्यालय खैरहनी चितवनले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close