सशस्त्र प्रहरी द्वारा करिब ६ लाख बराबरको अबैध लहसुन बरामद ।

सशस्त्र प्रहरी द्वारा करिब ६ लाख बराबरको अबैध लहसुन बरामद ।

अभिलाष गुप्ता
पर्सा जिल्लाको बिन्दबासिनी गाउँपालिका – ३ झौवा गाउँस्थित जोगिन्द्र यादवको गोठबाट ठूलो परिमाणमा भन्सार छली गरी लुकाइ राखिएको लहसुन बरामद गरिएको छ।

सशस्त्र प्रहरी बल, गुल्म अलौका सशस्त्र प्रहरी निरीक्षक सुसिल बस्नेतको कमाण्डमा १० जना सशस्त्र प्रहरी र प्रहरी चौकी अमरपट्टीका प्रहरी नायब निरीक्षक मदन मल्लको नेतृत्वमा १० जनाको संयुक्त टोलीले उक्त लसुन बरामद गरेका हुन्।बरामद भएको लसुनको परिमाण २२५० किलोग्राम रहेको छ, जसको अनुमानित बजार मूल्य रुपैया ६ लाख रहेको छ।

बरामद लसुनलाई थप कानुनी प्रक्रिया पूरा गर्नका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ।अवैध सामानको ओसारपसार रोक्नका लागि प्रहरीले सीमा क्षेत्रमा निगरानीलाई थप कडा बनाएको बताइएको छ।
प्रहरीका अनुसार, अवैध लसुन भन्सार छली गरेर चोरी पैठारी गरिएको हुनसक्ने आशंका गरिएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close