जनता समाजवादी पार्टी नेपाल द्वारा पार्टी संगठन सुदृढिकरण एवं पार्टी प्रवेश सम्पन्न।

जनता समाजवादी पार्टी नेपाल द्वारा पार्टी संगठन सुदृढिकरण एवं पार्टी प्रवेश सम्पन्न।

अभिलाष गुप्ता।
जनता समाजवादी पार्टी नेपाल द्वारा पार्टी संगठन सुदृढिकरण एवं पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ। सो कार्यक्रममा जनता समाजवादी पार्टी नेपाल जिल्ला कार्य समिति पर्साद्वारा जनतासंग जसपा नेपाल आधाराभुत संगठन निर्माण अभियानको क्रममा जनता समाजवादी पार्टी नेपालका पुर्व मुख्यमन्त्री तथा प्रदेश सभा सदस्य मा. लालबाबु राउतको बिशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियोे। जनतासंग जसपा नेपाल भेटघाटको क्रमलाई निरन्तरता दिदै वीरगंज महानगरपालिका वार्ड नं. ३२ टेडामा विभिन्न कार्यक्रमका बिच वीरगंज ३२ टेडाका शेरबाबु लाई जसपा नेपालमा पार्टी प्रबेश गराएका थिए भने पर्सागढी नगरपालिका वार्ड नं ९ एकटांगा निवासी तथा नेपाली कांग्रेस पर्सा क्षेत्र नं २ को क्षेत्रीय सचिव मिलन यादव सहित नेपाली कांग्रेस परित्याग गरी जसपा नेपालमा पार्टी प्रबेश गराएका थिए। सम्पूर्ण नव प्रबेसिहरुलाई जनता समाजवादी पार्टी नेपालका पुर्व मुख्यमन्त्री तथा प्रदेश सभा सदस्य मा. लालबाबु राउत, सिंहासन साह कलवार, शशिकपुर मिया, राम नरेश यादव , सुरेन्द्र कुर्मी , संतोष सरार्फ ,सुधिर पाण्डे लगायत पार्टीका अन्य सम्मानित नेताहरुले टीका लगाई उनिहरुलाई पार्टी भित्र स्वागत गरेका थिए । सम्पूर्ण नव प्रवेशिहरुलाई जसपा नेपाल भित्र स्वागत गर्दै हार्दिक बधाई तथा शुभकामना समेत दिइएको थियो। यस कार्यक्रममा जिल्ला सचीव एवं जिल्ला कमिटीका पदाधिकारीकाहरुको उपस्थिति रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close