खानको लागि अयोग्य ७२ मे. टन चिनी नस्ट गर्ने राजस्व अनुसन्धान कार्यालय पथलैयाको निर्णय ।

बिरगंज , चैत्र २० गते शुक्रबार ।

उपभोक्ता हित संरक्षण मञ्च नेपालले खानको लागि अयोग्य रहेको ७२ मे. टन चिनीको बारे उजुरी गरेकोमा धेरै प्रयासको बाबजुद आज उपभोक्ता हित संरक्षण मञ्च नेपालको २७ औं स्थापना दिवसको अवसरको दिन आजै खुशीको खबर प्राप्त भएको छ ।

राजस्व चुहावटको कसुरमा राजस्व अनुसन्धान कार्यालयको कब्जामा रहेको चिनी खानको लागि अयोग्य रहेको भनी खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालयबाट लेखी आएको र राजस्व अनुसन्धान बिभागको मिति २०७७/ १२ /०६ को निर्णय अनुसार उक्त चिनी नस्ट गर्ने स्वीकृति भएकोले उक्त चिनी नस्ट गर्ने प्रयोजनको लागि यहि चैत्र २३ गते दिउसो ३ बजे राजस्व अनुसन्धान कार्यालय पथलैयाको कार्यालयमा उपभोक्ता हित संरक्षण मञ्चको एक जना प्रतिनिधि उपस्थिति हुन पत्र जारी गरेको छ ।धेरै धेरै धन्यवाद सम्पुर्ण सहयोगी मञ्चका उपाध्यक्ष अजय अधिकारी , प्रदेश न.२ का अध्यक्ष केसि लामिछाने , यश कार्यमा निरन्तर दवाव दिने सन्चार माध्यमका पत्रकार मित्रहरुलाई ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close