वीरगन्जमा बढ्दो जाडोका कारण वीगन्जका विद्यालय बन्द

बढ्दो जाडोका कारण वीगन्जका विद्यालय बन्द

वीरगन्जमा बढ्दो जाडोका कारण वीरगन्ज महानगरपालिका मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयमा ३ दिन बिदा दिइएको छ ।

वीरगन्ज महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख हरि राउतले बढ्दो जाडोका कारण विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल प्रभावलाई मध्यनजर गर्दै माघ २ गते देखि ४ गतेसम्म बिदा दिइएको बताएका छन ।

शीतलहर र हुस्सुले यहाँको जनजीवन प्रभावित बनेको छ । जाडो बढेसँगै ज्येष्ठ नागरिक र बालबालिकाहरू बढी प्रभावित भएका छन् । चिसोबाट जोगाउन वीरगन्ज महानगरपालिकाले सहरका विभिन्न चोकमा दाउरा बाल्ने प्रबन्ध पनि मिलाएको छ ।

आज बाट दिइएको बिदामा केही निजि बिधालयहरुले महानगरको आदेशको अवज्ञा गरेको पाइएको छ । शीतल लहरले सब भन्दा बडि असर बालबालिका लाई हुने जानकारी हुदा हुँदै पनि निर्देशनको अवज्ञा गरेको पाइएको छ । यस सम्बन्धि वीरगन्ज महानगरपालिकाले अनुगमन गरि यस्ता बिधालयहरु लाई कारबाही गर्न जरुरी रहेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close