सशस्त्र प्रहरी बल,पर्साद्वारा श्रोत नखुलेको नेपाली रुपैयाँ सहित एक जना भारतिय नागरिक नियन्त्रणमा

सशस्त्र प्रहरी बल,पर्साद्वारा श्रोत नखुलेको नेपाली रुपैयाँ सहित एक जना भारतिय नागरिक नियन्त्रणमा

राहुल गुप्ता
सशस्त्र प्रहरी सीमा सुरक्ष गुल्म बिरगंजबाट खटिए‌को टोलीले जिल्ला पर्सा विरगञ्ज महानगरपालिका-१६ भन्सार मेनगेट अगाडि चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको BR 05 AB 6694 नम्बरको SUPER SPLENDOR मोटरसाइकलमा सवार देश भारत जिल्ला-पूर्वी चम्पारण, रक्सौल बस्ने वर्ष ३४ को कन्हैया कुमार गुप्ताले आफ्नो शरीरको विभिन्न भागमा लुकाई छिपाई राखेको श्रोत नखुलेको नेपाली रुपैयाँ (१,००० दरको नोट ३०० थान रु.३,००,०००।-) र (नेपाली रुपैयाँ ५०० दरको नोट २०० थान रु.१,००,०००।-) र मो.सा. को भन्सार मुल्य रु. १,००,०००।- मुल्याङ्कन गरि जम्मा मुल्य रु. ५,००,०००।- मा निजलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ।

थप अनुसन्धानका जारी छ सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक नरेन्द्र सिंह धामीले जानकारी गराएका छन ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close