
अहिले नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ७ गणेशपुर नाकाबाट प्लाष्टिक, पानीका बोतल, जार, बियरका सिसी, इनर्जी ड्रिङक्स, आल्मुनियम क्यान र प्लाष्टिकजन्य अन्य कवाडी सामान तस्करी हुँदै आएको छ । तर, प्रहरीले तस्करी रोक्न कुनै पहल गर्न सकेको छैन् । उनीहरूबाट तस्करी नियन्त्रणमा पर्याप्त सहयोग नहुँदा स्थापना भएका यस्ता प्रशोधन उद्योगहरू बन्द हुने अवस्थामा पुगेको गुनासो उद्योगीहरूले गरेका छन् ।कवाडी सामग्री प्रशोधन गर्ने करिब एक दर्जन जति उद्योग नेपालमै स्थापना भएका छन् ।
भारततर्फ तस्करी हुदै आएको प्लाष्टिकजन्य तस्करीकाे नाइके भारतीय नागरिक सन्तोष गुप्ता र महबत् रहेको समेत खुलेको छ।ठुटिबारी भारत घर भएका सन्तोष गुप्ता धेरै बर्ष अघिदेखि नेपालबाट कवाडी सामान भारतमा पठाउने कार्यमा संलग्न हुदै आएका थिए । कवाडीको सामान उनले डब्बामा राखेर उनले भारत पुर्याउंदै आएका थिए ।
कवाडको तस्करी भनेपछि प्रयोग भई कवाडी भइसकेको पैड बन्डल(मिनिरल वाटरको बोतलको बन्डल), रंगीन क्रिस्टल, स्टिल ३१६, स्टिल ३०४, स्टिल पिसी, स्टिल बर्तन, प्रिफम, प्रिफम ढेला, रेडबुलको केनको बन्डल, जनावरको हड्डी, जनावरको छाला, बैट्री, बैट्रीको धुलो, किट, एक्सरे, नयाँ सिमेन्टको बोरा, कापी, किताब, टायर, केबल, सिडी चक्का, नेचुरल पिपि(कटिङ गरिएको) ह्वाइट पिपि, हेडलाइट, रिलायन्स पाइप, ह्वाइट सिलिकन, ग्लुकोज स्लाइन बोटल, सि पाइप, किसान पाइप, ब्लास्टी रोल, कालो बारुद डस्ट, जार कटिङ, बाल्टिन कटिङ, कन्डुल, बिट, फ्लेक्स सेतो, फ्लेक्स कालो, कसकुट पिस्टन, एलडी प्लेट, जिंक, जिंक एस, औषधीको खोल(रेपर), नाइलन, कार बम्फड, सिरिन्ज, मेडिकल पन्जा, ह्वाइट एभिएसलगायत समानको कबाडको समान भनी तस्करी गर्ने गरेको हो।
पानीको बोतल दिल्ली पुगेपछि प्लाष्टिकको समान उत्पादन गर्न चाहिने कच्चा पदार्थ दाना बनाइन्छ। कौडीको भाउमा किनेका ती सामाग्री तस्करी गर्न नेपालभारतका करिब एक दर्जन तस्करहरु सक्रिय रहेका छन्। एक थान तीनपांग्रे ठेलामा ८ सय किलोदेखि १३ सय किलोसम्म कवाडी सामान जान्छ। यदि एक रातमा ८ सय किलो तौल लोड गरेको १० वटा ठेला रक्सौल पुगे किलोको १० रुपैयाँ तस्कर गिरोहले चार्ज गर्दा करिब ८० हजार कमाई हुन्छ। तर कवाडको पूर्ण तस्करी हुन थालेपछि दैनिक १५० देखि २ सयसम्म ठेला तस्करी गरी भारत पुर्याउने गरिन्छ। दुई सय ठेलाको तस्करी गराए वापत प्रतिकिलो १० रुपैयाँको भाउले दैनिक १६ लाख तस्करको गोजीमा जाने भएकोले यो समानको तस्करीमा तस्कर गिरोहले विचौलियामार्फत प्रहरी प्रशासनलाई सेटिङ गर्न लाखौं रुपिया विभिन्न निकायलाई नजराना चढाउने गर्दछ।
तस्करीको काम नेपाल-भारतको वाणिज्य सन्धी अन्तर्गत गैरकानुनी रहेको जानकारहरु बताउँछन्। नेपाल-भारतको उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालय स्तरीय दुई देशको सम्झौता अनुसार आफ्नो देशबाट उत्सर्जित फोहोरमैला तथा कवाडी समानहरु आफनै देशमा ‘रिसाइकल’ वा तह लगाउनुपर्ने बाध्यात्मक शर्तसहितको सम्झौता भए तापनि स्थानीय प्रहरी प्रशासनलाई प्रभावमा पारी यो अवैध धन्दा चलिरहेको बताइन्छ। कवाडको नाममा तस्करी गर्ने गिरोहले रातारात करोडौं कमाउने गरेको जानकारहरुको भनाई छ। कवाडी समान भारतको दिल्ली पुग्छ। त्यहाँ ‘रिसाइकल’ गरी कच्चा पदार्थ बनाइन्छ।
प्रहरीले सीमा नाकामा तस्करी नियन्त्रण गर्न र तस्करीमा संलग्न भन्सारका कर्मचारीहरूलाई अर्थ मन्त्रालय र सुरक्षाकर्मीहरुलाई ‘अन द स्पर्ट’ कारवाही गर्न नसक्दा लक्ष्य अनुसार राजस्व संकलन हुन नसकेको बताइएको छ । तर, भन्सार नाका छेउछाउ भारतीय सीमा नाकाहरूवाट यस्ता अवैध गतिबिधिहरू निर्वाध रूपमा भइरहेका छन् । प्रहरी र भन्सारका कर्मचारीहरुको सेटि¨ र मिलेमतोमा विलविजकभन्दा बढीका सामान छुटाउने धन्द्या पनि बढेकै छ । नेपाल र भारतबीच आ–आफ्नो देशको बोटल, प्लास्टिक, टिनका बट्टा, फलामलगायतका सबै किसिमका कवाडी सामग्री आ–आफ्नै देशमा व्यवस्थापन गर्ने दुई पक्षीय सम्झौता भएको छ । भारत सरकारको वातावरण मन्त्रालयले सन् २०१५ मा ऐन पारित गरी अन्य मुलुकबाट विशेषगरी प्लाष्टिकजन्य पदार्थको आयातमा पूर्णरूपमा रोक लगाउने व्यवस्था गरेको छ ।
तर, पनि सीमा नाकामा खटिएका भारतीय सुरक्षाकमीर्, एसएसबीलाई मिलाएर नेपालबाट कवाडी सामान जान दिने गरेको छ । एकातिर राजस्व गुमेको छ भने अर्काेतिर त्यही कवाडी सामानको प्रयोग गरी वस्तु उत्पादन गर्ने प्लाष्टिक र डल्लफ उद्योग बन्द हुन पुगेका छन । कवाडी सामग्रीको तस्करीसँगै अन्य सामग्री पनि तस्करी हुने गरेका छन ।
कवाडी सामान तस्करी भएर भारत जाँदा राजस्व चुहावट हुँदा नेपाल सरकारलाई ठुलो राजस्व क्षति भईरहेको छ । अवैध रूपमा चोरी निर्यात भईरहेको पदार्थलाई नेपालकै प्रशोधन उद्योगहरूलाई उपलब्ध गराउने वातावरण सिर्जना भएमा नेपाल सरकारलाई दिगो रूपमा आम्दानी हुनुका साथै आर्थिक स्रोत र सर्वसाधारण नागरिकलाई रोजगारीको व्यवस्था हुने बताइएको छ ।




