
वीरगञ्ज : पश्चिम तिरबाट सिमा अतिक्रमण गरेको पश्चिमी छिमेकी चिनको वीरगञ्जमा विरोध भएको छ ।
विसंघ पर्साका निवर्तमान केन्द्रिय सदस्य सुधीर पटेलको नेतृत्वमा शुक्रबार चिन विरुद्ध प्रदर्शन भएको हो ।
वीरगञ्जको माईस्थान चोकबाट सुरु भएको विरोध रैलि घण्टाघरमा आएर कोणसभामा आएर परिणत भएको थियो ।
माइस्थानबाट सुरु भएको रैलि घण्टाघर आउनै लाग्दा प्रहरीले हस्तक्षेप गर्दा केही बेर तनाव समेत उत्पन्न भएको थियो ।
विरोधका क्रममा चाईना मुर्दाबाद, सि जिनपिंग मुर्दाबाद, हाम्रो सिमा मिच्न पाइदैन लगायतका नारा लगाएका थिए ।
घण्टाघरमा नेविसंघले चिनका राष्ट्रपति सि जिन पिंगको तस्बिर जलाइएको थियो ।
कोणसभालाइ सम्बोधन गर्दै वक्ताहरुले गुगलले नेपालको पहिचान सगरमाथालाइ चिनमा देखाइरहँदा पनि नेपाली प्रधानमन्त्री मौन भएको भन्दै आक्रोश पोखेका थिए ।
अमेरिकामा अश्वेतहरुको आन्दोलन जस्तै नेपालमा मधेशी र पहाडियाको आन्दोलन गराउन खोजिएको वक्ताहरुले बताएका थिए ।
अमेरिकामा अश्वेतहरुको आन्दोलन जस्तै नेपालमा मधेशी र पहाडियाको आन्दोलन गराउन खोजिएको वक्ताहरुले बताएका थिए ।
कोरोनाभाइरसको महामारीका बेला पनि प्रधानमन्त्रीले गैर जिम्मेवार टिप्पण्ी सार्वजनिक गर्दै नागरिकहरु बिच द्वन्द सिर्जना गराउन खोजेको आरोप लगाएका थिए ।
विरोधमा विकेश पटेल, संजिव मिश्रा, दिपक पटेल, विवेक कलवार, अजय कर्ण, राहुल रौनियार, बिट्टु अहमद लगायतका नेविसंघ पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।Nepalpostdaily




