
२ महिला सहित ५१ जनाले रक्तदान गरे ।
वीरगंज , चैत्र १३ गते शुक्रबार ।
वीरगंजबाट प्रसारित रेडियो बिन्दास ९४.८ मेगाहर्जले आफ्नो १०औं वार्षिकत्सवको पूर्व सन्ध्यामा आज बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ। विरगंजको घण्टाघरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २ महिला सहित ५१ जनाले रक्तदान गरेका छन।कार्यक्रममा पब्लिक एफएमका स्टेशन मेनेजर राजेन्द्र सिंह राजपूत, प्रेम बहादुर गुरुङ, सुरज कु. पटेल, बद्री साह कानु, श्री भगवान चौरसिया,सोनु कुमार गुप्ता,सागर , कृष्ण महतो, म. साहेब अंसारी, प्रकाश राज पाण्डे, अजय पण्डित, गुडु कुमार रंगोली, पानालाल पटेल, संदीप सरफ, चन्द्रिका हँसमुख, बिनोद कुमार, अहमद हुसेन, फुलसरीफ हावारी, राजीव कुमार झा, बलिराम प्रसाद दास, वीणा देवी, दुर्गा पौडेल,सरोज कुमार शर्मा, विशाल सराफ, बजरंग कुमार साह, कुन्दन मण्डल, रुपेश साह, नितेश कर्ण, हर्ष कडमिया, आकाश कुमार यादव लगायतले रक्तदान गरेका छन।
कार्यक्रमको उदघाटन रेडियो बिन्दासका प्रबन्ध निर्देशक आरसी यादव ले रक्तदान गरि गर्नु भएको थियो भन्ने समापन रेडियो बिन्दासका निर्देशक बीरेन्द्र साहले रक्तदान गरि गरेका थिए। कार्यक्रममा ब्लड डोनर्स एोसिएसन पर्साले सहयोग गरेको थियो। साथै कार्यक्रममा नेपाल भारत मैत्री रेडियो श्रोता संघ र नेपाल बिहार रेडियो श्रोता संघ का सदस्यहरूको उपस्थिति रहेकाे थियो।




