असार १ गतेदेखि के खुल्छन् के खुल्दैनन् ?

काठमाडौं- सरकारले पहिला तीन चरणको लकडाउन मोडालिटी बनाउँदै सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्था खोल्ने तयारी गरेको छ ।

बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले तीन चरणको लकडाउन मोडालिटी बनाउँदै आउँदो असार १ गतेदेखि विभिन्न कार्यालयहरु खोल्ने निर्णय गरेको हो ।

सरकारले पहिला तीन चरणको लकडाउन मोडालिटी बनाउँदै पहिलोको २१ दिनमा २१ सेवा तथा कार्य खोल्न दिने निर्णय गरेको छ । जसअनुसार पहिलो २१ दिन, त्यसको स्थिति हेरी १५ र फेरि अर्को १५ दिनको लकडाउन खुकुलो बनाउने भएको छ ।

पहिलो चरणमा ५०, दोस्रो चरणमा ७५ प्रतिशत कर्मचारीसहित सरकारी कार्यालय खोल्ने र तेस्रोमा गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्था खोल्ने तयारी गरिएको छ ।

खुला हुने तथा बन्द रहने सेवा तथा कार्यहरु यसप्रकार रहेका छन ।

खुला हुने सेवा तथा कार्यहरुः

स्वास्थ्य सेवासँग सम्बन्धी सबै सेवा र निजी क्लिनिक

औषधि, खाद्य तथा पेयपदार्थ, तरकारी, फलफूल, दुग्धपदार्थ, अण्डा, मासु, खानेपानीको उत्पादन, बिक्रीवितरण तथा ढुवानी, पेट्रोलियम पदार्थको ढुवानी र बिक्रीवितरण,

फोहोरमैला व्यवस्थापन,

१.विद्युत, दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रसारण, हुलाक सम्बन्धी सेवा,

२.बैंक तथा वित्तीय संस्था, सहकारी र बीमा सेवा,

३.सबै प्रकारका कृषि तथा पशुपन्छी पालनसम्बन्धी कार्य,

४.कृषि बीउबिजन, रासायनिक मल, कृषि औजार र शीतभण्डार सम्बन्धी सेवा तथा कार्य,

५.उत्पादनशील उद्योग,

६.निर्माण सामग्रीसम्बन्धी उद्योग व्यवसाय,

७.विकास आयोजना (निजी क्षेत्रबाट संचालित समेत),

८.निर्माण कार्य (निजी समेत),

९.नदी तथा खानीजन्य पदार्थ उत्खनन, संकलन, ढुवानी र बिक्रीवितरण,

१०.क्वारेन्टिनका लागि तोकिएका होटल,

११.बिजुलीका सामान बिक्री र मर्मत, विद्युतीय उपकरण, मेशीनरी र सवारी साधनको मर्मत गर्ने वर्कसप,

१२.पुस्तक पसल तथा स्टेशनरी,

१३.सबैप्रकारका ढुवानी सेवा,

१४.अत्यावश्यक सेवाका सबै कार्यालय,

१५.अन्य सरकारी कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्थाहरू (सामान्यतया ५० प्रतिशत कर्मचारी रहने गरी)
पहिलो २१ दिनको समीक्षा पछि १५ दिनसम्म यी सेवा तथा कार्य समेत खुला हुनेछन् ।

१६.सरकारी कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालयहरू र बैंक, khabarhub

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close