बरामद भएको नेपाली नोट को स्रोत नखुलेको सप्रनि तामाङले जनाएको छ।

राजन कुमार बानिया
पोखरिया १७ असार
सशस्त्र प्रहरीबल बोर्डर अाउट पोस्ट भिखमपुरले अाज पर्साको सिमावर्ती जटरनाथपुर गाउँपालिका वार्ड २ दसौता बाट २ लाख नेपाली रुपैयाँ समेत मोटरसाइकल सवार एक जना लाई पक्राउ गरेको छ। भारत बाट लुकाई छिपाई नेपाली रुपैयाँ लिएर अाई रहेको अवस्था मा सिमा नाका मा खटिएको सशस्त्र प्रहरी बल बोर्डर अाउट पोस्ट भिखमपुर को टोली ले मोटरसाइकल रोकी चेकजाच गरेपछी २ लाख नगद रुपैयाँ बरामद भएको सशस्त्र प्रहरी निरिक्षक किशमान तमाङ ले जनाए का छन।

बरामद भएको नेपाली नोट को स्रोत नखुलेको सप्रनि तामाङले जनाएको छ। नेपाली रुपैयाँ को साथमा पक्राउ पर्नेमा धोबिनी गाउँपालिका वार्ड नं १ पिपरा गाउँ निवासी २० वर्षिय जयप्रकाश पटेल रहेको छ।ना२१प ९४३१ नम्बर को मोटरसाईकल पक्राउ गरिएको सशस्त्र ले जनाए को छ।पक्राउ परेका नगद रुपैयाँ ,मोटरसाइकल ,र युवक लाई ईलाका प्रहरी कार्यालय पोखरिया मा बुझाएको छ। नेपाली नोट ५० रुपैयाँ को दर को ४००० थान रहेको प्रहरी ले जनाए का छन।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close