
बारा , भदौ १४ गते आइतबार ।
जिल्ला बारा बारागढी गाउँपालिका वडा नं.२ विशुनपुर्वा र दौर्वा टोल स्थितमा अवैध घरेलु मदिरा उत्पादन भई रहेको भन्ने प्राप्त सूचनाको आधारमा आज आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय बारा तथा इ.प्र.का. बारागढी समेतबाट खटीएको प्रहरी टोलीले अवैध घरेलु मदिरा उत्पादन गर्ने ५ ओटा अवैध भट्टीबाट कच्चा पदार्थ अ.१५००।- लिटर नष्ट गरिएको बारा प्रहरिले जनाएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस




