
बारा , कलैया , कार्तिक ०५ गते बुधबार ।
हाल दुवईमा चलिरहेको Indian Premier League-2020 Cricket खेलमा कलैया स्थित बजारमा केही मानिसहरूले सट्टाबाजी खेल खेल्दैछन भन्ने कार्तिक ०४ गते मंगलवार राती अन्दाजी ८:००बजे प्राप्त सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले गोप्य रूपमा बुझ्दै जाँदा जिल्ला बारा कलैया उ.म.न.पा.वडा नं.१ राजदेवी टोल स्थित राजु कुमार यादवको घरमा किङ्गस इलेभन पंजाब र दिल्ली क्यापिटल्स टिम बिच भइरहेको खेलमा साट्टाबाजी खेलिरहेको थाहा पाई घरमा प्रवेश गर्दा साट्टाबाजी खेलिरहेका निज धरधनि राजु कुमार यादव, ऐ.ऐ.बस्ने दिपक कुमार सर्राफ र ऐ.ऐ.बस्ने रबि दास समेतलाई नियन्त्रणमा लिई निजहरुको शरीर तथा घरकोठा समेतको तलासी लिने क्रममा निजहरुको साथ तथा कोठा समेतबाट निजहरुले सट्टाबाजी खेल्न प्रयोग गरेको बिभिन्न बैंकको चेक, रू.१,७७,०५०/- (एक लाख सतहतर हजार पचास रूपैया) नगद र मोबाइल थान २ समेत फेला परेको हुँदा बरामद गरी सट्टाबाजी खेल्ने राजु कुमार यादव, दिपक कुमार सर्राफ र रबि दासलाई पक्राउ गरी निजहरु सट्टाबाजी मुद्दा अन्तर्गत सम्मानित बारा जिल्ला अदालतबाट हिरासतमा राख्ने अनुमति लिई हिरासतमा राखी थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।
पक्राउ पर्ने व्यक्तिहरूमा बारा जिल्ला कलैया उ.म.न.पा.वडा नं.१ राजदेवी टोल बस्ने गौरीशंकर प्रसाद यादवको छोरा वर्ष २५ को राजु कुमार यादव , सोहि वडा बस्ने सुरेश प्रसाद सरार्फको छोरा वर्ष २७ को दिपक कुमार सरार्फ र सोही वडामा बस्ने मोतिबाग टोल बस्ने सुरेन्द्र दासको छोरा वर्ष २९ को रबि दासलाई पक्राउ गरेको हो।




