
वीरगंज, फागुन ११
अखिल नेपाल पिछडावर्ग (ओविसी) महासंघ पर्साले आज वीरगंजमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको ७०औं जन्मदिन मनाएको छ । ओविसी पर्सा अध्यक्ष अकलेश साहको अगुवाईमा घण्टाघरमा केक काटेर जन्मदिन मनाएको हो । केपी ओली आईलभयु, आजलाई होइन भोलीलाई दस बर्ष ओलीलाई,अघि बढ ओली बा ज्यान दिन त्यार छौ ,केपी ओली रेलमा भ्रष्टाचारी जेलमा लगायत नारा लगाउदै जन्मदिन मनाएका थिए ।
पछिल्लो समय मधेशमा प्रधामन्त्री ओली प्रति लोकप्रियता बढेको छ । मधेश आन्दोलनको ईपिसेन्टर वीरगंजमा प्रधानमन्त्री ओलीको जन्मदिन धुमधामका साथ मनाउनु ओली प्रति युवाहरुको लोकप्रियता बढेको पुष्टि भएको अध्यक्ष साहले बताउनुभयो । सो अवसरमा ओविसीका पर्सा उपाध्यक्ष प्रमोद मण्डल, कोषाध्यक्ष अरुण कुशवाहा,सहसचिव राजन साह,नगर उपाध्यक्ष रामकुमार पटेल,सदस्यहरु संदिप महतो, सदस्यहरु बिपि यादव प्रमोद पटेल बिनोद यादव फतेआलम अन्सारी सर्फुदिन अन्सारी लगायतको उपस्थिती रहेको थियो ।




