हुण्डी कारोवार गर्ने एक भारतिय पक्राउ ।

बिरगंज , फागुन १७ गते सोमबार ।

अवैध वित्तिय कारोवार (हुण्डी) कारोवार गर्ने एकजना पक्राउ परेको छ ।जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलिले आइतबार अं.१५:३० बजेको समयमा भारतको रक्सौलबाट नेपाल तर्फ BR22AR3686 नम्बरको super Splender मो.सा.चढी आईरहेकोमा जिल्ला पर्सा बीरगंज म.न.पा.वडा नं.१६ रजतजयन्ती चोक स्थितमा रोकी चेक जाँच गर्ने क्रममा देश भारत, पुर्वी चम्पारण जिल्ला मोतिहारी थाना सुगौली बस्ने बर्ष २५ को सोनु साहलाई स्रोत खुल्न नसकेको नेपाली रु.३,१२,०००।–(तिन लाख बाह्र हजार) र भारतिय रु.५,२००।– (पाँच हजार दुई सय ) मो.सा.सहित नियन्त्रणमा लिई वैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन २०७३ विपरीतको कसूरमा आजै पर्सा जिल्ला अदालतको आदेशले दिन ५ (पाँच) म्याद थप गरी थप अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनु भयो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close