काठमाडौंमा खुकुरी देखाएर आईएमई लुटपाट गर्ने ४ जना पक्राउ

काठमाडौंको न्युरोडस्थित खिचापोखरीमा खुकुरी देखाएर रेमिट्यान्स सेवा प्रदायक कम्पनी ‘आईएमई’ लुटपाट गर्ने ४ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दाङ घर भएका २१ वर्षीय तिलक राउत, रुकुम घर भएका १८ वर्षीय दिपुन श्रेष्ठ, कालीकोट घर भएका १८ बर्षिय उमेश केसी र नविन केसी छन् ।

बुधवार दिउँसो काठमाडौं महानगरपालिका-२२ खिचापोखरीस्थित ग्लोबल जिप्याङ टुअर एण्ड ट्राभल नामक आईएमईका कर्मचारी दिपक मल्लको साथबाट नगद ६ लाख रुपैयाँ लुटपाट भएको हो ।

उक्त आईएमईमा अपरिचित ब्यक्तिहरुले धारिलो हतियार खुकुरी देखाई कर्मचारीको साथबाट उक्त नगद लुटी लगेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न उनीहरुलाई नगद ५९ हजार ७ सय रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।सुरक्षा न्युज

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close