
बिरगंज , चैत्र १७ गते मंगलवार ।
सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा जिल्ला प्रहरी कार्यालय पर्साका मातहतमा रहेको वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले मंगलवार दिउसो अन्दाजी ०१ :३० बजेको समयमा जिल्ला पर्सा म.न.पा.वडा म.न.पा.वडा नं.१६ शंकराचार्य गेट स्थितमा चेकजाँच गर्दा जिल्ला पर्सा बीरगञ्ज म.न.पा.वडा नं.१६ बस्ने बर्ष २१ को राजकपुर महत्तोले ना.५५ प.६४६८ नं.को सुपर स्प्लेण्डर मोटरसाइकल चोरी गरी BR055 1183 भारतीय नम्बर प्लेट लगाई चलाइरहेको अवस्थामा पाइएकोले उक्त मोटरसाइकल बरामद गरी निज राजकपुर महत्तोलाई नियन्त्रणमा लिई चोरी सम्बन्धी कसूर मुद्दामा अनुसन्धान प्रकृया अगाडि बढाइएको पर्साका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले प्रहार डेलिलाई जानकारी गराउनु भएको थियो ।
आफ्नो प्रतिक्रिया दिनुहोस




