
अजित भुजेल
बिरगंज , बैशाख ०४ गते शनिबार ।
थारु पत्रकार संघ पर्साले एक कार्यक्रम बीच पर्साका प्रहरी निरीक्षक शन्कर चौधरीलाई सम्मान गरेको छ । प्रहरी निरीक्षक चौधरीको पर्साबाट सरुवा भएको र पर्सामा रहि छोटो समयमा उहाले पुर्याउनु भएको योगदानको कदर गर्दै आज आदर्श थारु छात्रावास बिरगंजको प्राङ्गणमा उहालाई सम्मान गर्नुका साथै बिदाई ( फेरि भेटौला) समेत गरिएको थियो ।
सम्मान तथा बिदाइ कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासघ ( फोनिज ) प्रदेश न.२ का ईन्चार्ज निरज पिठाकोटे मगर , नेपाल पत्रकार महासघ प्रदेश न.२ का पुर्व सदस्य जगत राई , सन्जय दास थारु , सम्भु महतो थारु , दिपेन्द्र चौधरी , शेखर चौधरी , एन्जल चौधरी लगायतकाको सहभागीता रहेको थियो ।
आफ्नो प्रतिक्रिया दिनुहोस




