मोहनापुल–अत्तरिया ६ लेन सडकमा गाईको घाँटी रेटेर फालियो

धनगढी : कैलालीको मोहनापुल–अत्तरिया ६ लेन सडमा गाईको घाँटी छिनालिएको अवस्थामा फालिएको छ ।

गोदावरी नगरपालिकास्थित पाठक पेट्रोल पम्प नजिकै बीच सडकमा घाँटी छिनालीएको अवस्थामा फालिएको हो । जसबाट सडकमा आवतजावत गर्नेहरुलाई समस्या हुनुका साथै दुर्घटनाको जोखिम बढेको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरीयाले घाँटी रेटिएको नभई सवारी साधनले ठक्कर दिएको हुन सक्ने बतायो । तर कुनै पनि निकायले व्यवस्थापनतर्फ ध्यान नदिएको पाइएको छ । dineshkhabar

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close