बर्दिको आडमा सर्वसाधारण(व्यवसायी)लाई लुट्दै हलदार सुबोध यादव

प्रहरी चौकी बहुअर्वा भाठाका प्रहरी सब निरिक्षक(हलदार) सुबोध यादव बर्दीको आडमा ब्रह्मलुट मचाएका छन् । पर्साको विन्दावासिनी गाउँपालिकामा पर्ने सो चौकीका हलदार यादव गुन्डाशैलीमा सर्वसाधारणलाई लुट्दै हिडेका छन् । विश्व महामारीको रुप लिएको कोरोना भाइरसले नेपाल पनि अछुतो नरही सबैभन्दा बढि प्रभावित पर्सा जिल्ला भएपनि लकडाउनको मौका छोपी हलदार यादव बहुअर्वा भाठा चौक, बिश्रामपुर र गर्दाैल लगायतका स्थानीय पसले व्यवसायीसंग डराई धम्काई पैसा असुली गरी लुट्दै हिड्का छन् ।

प्रहरी प्रशासन जनताको रक्षक भएपनि पछिल्लो समयको लकडाउनको बेला बहुअर्वा, गर्दाैल र बिश्रामपुर गाउँका स्थानीयमाथि अपराधी जस्तो अन्धाधुन लठ्ठी प्रहार गरी आफूप्रति जनतामा भय, डर र त्रास देखाएर हलदार यादव अहिले खुद्रा पसले अथवा सानो व्यवसायीहरुसंग पैसा असुली गरी व्यवसाय संचालन गर्न दिईरहेको स्थानीयले दुखेसो पोखेका छन् ।

बहुअर्वा भाठ्ठा चौकीका उप–निरिक्षक(असईई) यादव भएपनि चौकीका सबै कमाण्ड हलदार सुबोध यादवले नै चलाउने गरेकोले असईईसंग गुनासो गर्ने सर्वसाधारणलाई समेत कुटपिट गरी लुटपात मचाएको व्यवसायीहरुको गुनासो छ ।
कुनै कुनै व्यवसायीले पैसा दिन नमान्दा लकडाउनको बाहानामा कुठारघात तरिकाले कुटपिट गरि सरसमानालाई समेत फाल्ने गरेको स्थानीयले बताएका छन् ।

पर्सामा पहिलो पटक महिला प्रहरी प्रमुखको कमाण्डमा आएकी प्रहरी नायब निरिक्षक एसपी गंगा पन्त पर्सामा आएको बेला भय, डर र त्रासरहित आम नागरिकलाई सबै कुरो बोल्ने सक्ने बातावरण सृजना गर्ने दाबी गरेकी भएपनि हलदार यादवको दादागिरीले पिडित व्यापारी नाम समेत राख्नबाट यतिबेला त्राहिमाम भएका छन् ।

कोरोना महमारीमा जारी लकडाउनको बेला स्थानीयमाथि कुठारघात लठ्ठी प्रहार गरि आफ्नो पहुँचमाथिसम्म भएकोले कसैले पनि मेरो केही गर्न नसक्ने जस्ता कुराले धम्काउँदै जनताको रक्षक हुने हलदार यादव अहिले जनताको भक्षक भएका छन् ।

सोतले बताए अनुसार माथिसम्म पहुँच भएको तस्कर गिरोहले पनि हलदार यादवलाई सघाउने गरेकोले सरुवा भएपनि अहिले उनलाई रोकिएर राखिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close