पर्सा मालपोत :व्यक्तिको नाममा कायम रहेको जग्गा एक महिना अगावै सुख्खा बन्दरगाहको नाममा पास

बीरगन्ज, ८ साउन-मालपोत कार्यालय पर्साका कर्मचारीको बदमासी पटक पटक उजागार हुदैं आएको छ । जिल्लास्थित सरकारी कार्यालयहरुमध्ये सबैभन्दा धेरै घुसखोरी हुने कार्यालयको रुपमा बदनामी कमाएको मालपोत कार्यालयमा हुने गरेका अनियमितता र चलखेलहरु पटक पटक प्रकाशमा आउने गरेका छन् ।

अहिले आएर फेरि मालपोतका कर्मचारीको कर्तुुत बाहिरिएको छ । मालपोतका भ्रष्ट र घुसखोर कर्मचारीले व्यक्तिको नाममा कायम रहेको जग्गा एक महिना अघि नै सुख्खा बन्दरगाह भन्सार कार्यालयको नाममा पास गराईदिएका छन् । प्राप्त प्रमाण अनुसार २०७७ साल चैत २ गते निकालिएको प्रमाणित नक्कल अनुसार प्रभावती देवी तुरहिनको नाममा कायम रहेको दुई कित्ता जग्गा एक महिना अघि नै मालपोतका कर्मचारीले पास गराईदिएका । २०७७ साल चैत २ गते मालपोतबाट नै निकालिएको जग्गाधनी दर्ता श्रेस्ताको प्रमाणित नक्कलमा जग्गाधनी तुहरिनको नाममा कित्ता नं. ५१५ र ४१६ कायम रहेको देखिन्छ ।

तर साविकको कित्ता नं. ५१५ र ४१६ लाई हालसाविक गरी नयाँ कित्ता नं. ३६२ कायम गरिएको नयाँ जग्गाधनी दर्ता श्रेस्तामा भने सो जग्गा एक महिना अगावै अर्थात २०७७ साल फागुन २ गते सुख्खा बन्दरगाहको नाममा पास भएको देखिन्छ । सो जग्गाधनी दर्ता श्रेस्तामा साविकका दुई कित्ता एकीकृत गरी नयाँ कित्ता कायम गरिएको टिप्पणी उठेको देखिए पनि २०७७ साल चैत २ गते व्यक्तिको नाममा देखिएको जग्गा एक महिना अगावै २०७७ साल फागुन २ नै कसरी सुख्खा बन्दरगाहको नाममा पास हुनुले मालपोतका कर्मचारीको भ्रष्ट कर्तुत उजागार भएको छ ।

नयाँ जग्गाधनी दर्ता श्रेस्तामा मिति २०७७ साल फागुन २ गतेको जग्गा अधिग्रहण निर्णयले कित्ता नं. ३६२ ससिम खारेज भई सुख्खा बन्दरगाह भन्सार कार्यालयको नाममा पास भएको लेखिएको छ । जबकि निवेदकको माग अनुसार २०७७ साल चैत २ गते साविकका दुई जग्गाको जग्गाधनी दर्ता श्रेस्ताको नक्कलमा जग्गा जग्गाधनी प्रभावती देवी तुरहिनको नाममा नै कायम रहेको देखिएको छ ।

यस विषयमा मालपोत कार्यालयका प्रमुखसँग सम्पर्क गरी बुझ्न खोज्दा फोनको स्वीच अफ भएकाले सम्पर्क हुन सकेन। https://nepalpostdaily.com/2021/07/69289/

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close