
बिरगंज , भदौ ०५ गते शनिबार ।
ग्रिनसिटि सामुदायिक सेवा केन्द्रको आयोजनामा प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जगदम्बा ग्रुपका व्यवस्थापक पवन गुप्ताको सहयोगमा शैक्षिक सामग्रि तथा भौतिक पुर्वाधार निमार्णको लागि सहयोग गरेका थिए ।
कार्यक्रमको प्रमुख अतिथि जि.प्र.का.पर्साका प्र.ना.उ. ओमप्रकाश खनालको उपस्थितिमा,प्र.चौ.आदर्शनगर पर्साका प्र.ना.नि. हिरा बहादुर बुढाथोकी, कारागार सुरक्षा गाडका प्र.ना.नि. खुब नारायण श्रेष्ठ तथा ग्रिनसिटि सामुदायिक सेवा केन्द्रका अध्यक्ष प्रकाश खेतानको अध्यक्षतामा तथा सेवा केन्द्रका पदाअधिकारिहरु लगायतका सहभागितामा समता स्कुल बिरगंजलाई शैक्षिक सामाग्रि तथा भौतिक पुर्वाधार निमार्णको लागि सहयोग गरेको अध्यक्ष खेतानले जानकारी दिनु भयो ।
आफ्नो प्रतिक्रिया दिनुहोस




