
वीरगञ्ज १० फाल्गुन । मधेश प्रदेश सरकारले घोषण गरेको एक जिल्ला एक नमुना विधालय अन्तर्गत पर्सा जिल्लाको पुरानो र ऐतिहासिक त्रि-जुद्ध उच्च मा.वि. बिरगंज छनौट भएको हुनाले चार कोठे भवन निमाणर् तथा खेलकुद मैदान निमाणर् कार्य गर्न आज एक कार्यक्रमका बीच माननीय मुख्यमन्त्री लालवावु राउत ज्यूले शिलान्यास गर्नुभएको छ।
मन्तब्यको क्रममा प्रदेश सरकार बाट निणर्य भएको विरगंज प्राविधि विश्वविधालय त्रि- जुद्ध विधालय मै स्थापना गरी कार्यालय लगायतका अन्य कार्यक्रमहरु संचालन गर्ने बताउनु भयो। लगभग प्रथम चरण मा ८-१० करोड बजेट विनियोजन गरी प्राविधिक विश्वविधालय को कार्यक्रमहरु यसै बर्ष देखी संचालन हुनेछ।
कार्यक्रममा विरगंज शिक्षा महाशाखा प्रमुख अरबिन्द लाल कणर्,वडा नं ४ का वडा अध्यक्ष जगत साह कानु, प्र.अ. हरेन्द्र प्रसाद कुर्मि, प्राध्यापक बिजय यादव लगायतका उपस्थिती रहेको थियो। साथै नमुना विधालय को निमाणर् कार्य तथा प्राविधिक रेखदेख सामाजिक विकास मन्त्रालय, सामाजिक विकास इकाई विरगंज बाट हुनेछ।




