
मकवानपुर , हेटौंडा २५ गते बुधबार ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर हे.उ.म.न.पा. वडा नं. १० पुर्व पश्चिम लोकमार्ग सडकखण्ड किनारमा झोलाहरु सहित शंकास्पद रुपमा बसेका जिल्ला पर्सा बीरगंज म.न.पा. वाडा नं. ३ बस्ने बर्ष १९ को तवकिर जोगी र वडा नं. २ बस्ने बर्ष १८ को निराज आलमले ल्याएको झोलाहरु खोलि चेकजाँच गर्दा अबैध रुपमा भन्सार छली ल्याएको कुर्ता सुरुवाल, सुरुवालको थानको कपडा, टावेल गरी अं. मुल्य रु. १,०५,७००।– (एक लाख पाँचहजार सात सय) बराबरको कपडा सहित निजहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाईएको मकवानपुर प्रहरीले जनाएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस




