पर्साका पत्रकार द्वय गुप्ता र प्रजापति सार्क जर्नलिस्ट फोरमको सदस्य मा चयन-

श्याम गुप्ता

वीरगंज, पर्सा
पर्साका पत्रकार द्वय राहुल कुमार गुप्ता र दिपेन्द्र प्रजापति सार्क जर्नलिस्ट फोरमको सदस्यमा चयन भएका छन् ।

सार्क जर्नलिस्ट फोरम तथा भारतको दिल्ली स्थित रहेको गौतम बुद्ध विश्वविद्यालय को संयुक्त आयोजनामा आयोजित दुइ दिवसीय अन्तर्राष्ट्रिय पत्रकार सम्मेलनमा सहभागी भएका थिए सोहि सम्मेलन पश्चात सार्क जर्नलिस्ट फोरमको बसेको बैठकले पत्रकार राहुल गुप्ता र पत्रकार दिपेन्द्र प्रजापतिलाइ सार्क पत्रकारको सदस्यमा मनोनयन गरिएको प्रमाण पत्र सार्क जर्नलिस्ट फोरम का अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामा ले प्रदान गरेका थिए ।

सार्क पत्रकारको सदस्यमा मनोनयन भएका पत्रकार द्वय राहुल गुप्ता पर्सा जिल्ला स्थित वीरगंज महानगरपालिका वडा नं. १०, घडिअर्वा निवासी हुन भने पत्रकार दिपेन्द्र प्रजापति पर्सा जिल्ला वीरगंज महानगरपालिका वडा नं. २६, अठराहाँ निवासी हुन ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close