मधेश लोकसेवा तयारी केन्द्रको उप-मेयर इम्तियाज आलम द्वारा उद्धघाटन

अहिले बिद्यार्थीहरु को रुचि सरकारी जागीर प्रति दिन प्रतिदिन बढै गएको उदेश्य ले गुणस्तरीय शिक्षा दक्ष जनशक्ति बाट प्रशिक्षण दिने उदेश्य ले खोलिएको मधेश लोकसेवा तयारी केन्द्र को आज बिरगंज महानगरपालिका का उप मेयर इम्तियाज आलम ले उद्धाटन गरेका छन ।

सो केन्द्र को उद्धाटन गर्दै उप मेयर आलम ले यश मधेस लोक सेवा तयारी केन्द्र ले विद्यार्थीहरु को भबिस्य बनाउने एउटा महत्त्वपूर्ण जिम्मेवारी पूरा गर्ने आशा आफू लिएको बताए । लोक सेवा आयोग लगायत अन्य सरकारी सेवा आयोग मा बिद्यार्थीहरु को चासो बढदै गएको ले सुलभ शुल्कमा सबैको शिक्षामा पहुँच हुने मनसायले पाठन पाठ गराउन उनले मधेश लोकसेवा तयारी केन्द्र संग आग्रह गरे ।

आज उद्धघाटन भएको मधेश लोकसेवा तयारी केन्द्र ले लोक सेवा आयोग, शिक्षक सेवा आयोग, बैकिङ्ग तयारी कक्षाहरु, सुरक्षा निकाय, कम्प्युटर कक्षा, प्राविधिक सेवा लगायत अन्य कोर्सहरु लगायत विभिन्न कोर्सहरु पढाउने निर्देशक शेष कुमार हजरा ले बताए ।

आज भएको उद्धाघाटन कार्यक्रममा नेपाली कांग्रेसका २६ २७ र २८ नं का वडा अध्यक्षहरु को उपस्थिति रहेको थियो । त्यस्तै विभिन्न कलेजका बिद्यार्थीहरु को उल्लेख्य सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close