६१ औं नेपाल रेडक्रस दिवसको अवसरमा वीरगन्जमा निशुल्क मधुमेह रोग परिक्षण शिविर आयोजना गरिए

६१ औं नेपाल रेडक्रस दिवसको अवसरमा वीरगन्जमा निशुल्क मधुमेह रोग परिक्षण शिविर आयोजना गरिएको छ ।गिता मन्दिर परिसरमा रेडक्रस सोसाइटी माईस्थान उपशाखाले आयोजना गरेको शिविरबाट ३५ जनाले लाभ लिएका छन् ।

विरमा डा.प्रमोद सरार्फ, डा. निरज सिंह, डा. दिप्ती यादव, डा. सागर सर्राफ लगायतका चिकित्सकहरुले शिविरमा आएकाहरुको स्वास्थ्य परिक्षण गरि आवश्यक परामर्श दिएका थिए ।

नेपाल रेडक्रस सोसाइटी माइस्थान उपशाखाका सभापति मदन प्रसाद गुप्ताको अध्यक्षता तथा रेडक्रस सोसाइटी मधेस प्रदेसका अध्यक्ष फुलमहम्मद मियाँकोे प्रमुख आतिथ्यतामा आयोजित शिविरमा रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति बिरेन्द्रराज कँडेल, शैलेन्द्र कुमार चौरासीया, साबिर अहम्मद एराज, दिनानाथ रौनियार, दयाशंकर सिह, काशी प्रसाद साह, संतोष गुप्ता, उमेस गुप्ता लगायतकोपनि उपस्थिती रहेको राजन श्रीवास्तवले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close