
राहुल गुप्ता
जिल्ला पर्सा बिरगंज महागरपालिका वडा नं १६ भन्सार रोड स्थित सशस्त्र प्रहरी को १३ नम्बर गण पर्सा र प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगंजबाट खटिएको सयुक्त टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको BR05AR 8101 नं.को मोटर साइकलमा सवार भारतिय नागरिक जिल्ला पुर्वि चम्पारण रक्सौल -७ अरुवाटोल बस्ने बर्ष २३को उमेश यादवलाई चेकजाँच गर्ने क्रममा निजले प्रयोग गरेको हेलमेट भित्र लुकाई छिपाई ल्याउदै गरेको श्रोत नखुलेको नेपाली रुपैया १०,००,०००।-(दश लाख) सहित पक्राउ गरि आवश्यक कारबाहीको लागि बिरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी पर्साका नायब उपरीक्षक संगम श्रेष्ठले जानकारी गराएका छन ।
आफ्नो प्रतिक्रिया दिनुहोस




