स्व.राम राजा कुर्मी १३ औ पुण्यतिथीको अवसरमा श्रद्धाञ्‍जलि सभाको आयोजना

स्व.राम राजा कुर्मी १३ औ पुण्यतिथीको अवसरमा श्रद्धाञ्‍जलि सभाको आयोजना

राहुल गुप्ता 

नेपाली कांग्रेसका नेता एवम समाजसेवि स्व. राम राजाको आज १३ औ पुण्यतिथीमा श्रद्धाञ्जली सभा को आयोजना गरिएको छ । बिरगंज स्थित पिपरामा उनको घरमा श्रद्धाञ्जली सभा गरिएको हो। सो अवसर मा स्थानीय साबी नेपाली कांग्रेस का नेताहरु लगायत अन्य पार्टी का नेताहरु को उल्लेख्य उपस्तिथि रहेको थियो ।

श्रद्धाञ्जली सभामा नेपाली कांग्रेस का केन्द्रिय सदस्य तथा बिरगंज क्षेत्र नं २ का प्रतिनिधि सभा सांसद अजय चौरसिया को उपस्तिथि रहेको थियो । उनले स्व. कुर्मी प्रती श्रद्धाञ्जली अर्पण गर्दै उनको निधनले नेपाली कांग्रेस ले एउटा अभिभावक गुमाउनु परेको बताईन्। नेपाली कांग्रेस मा रहेर उनले स्रहानीय कार्य गरेको स्मरण गरेका थिए ।

कुर्मी प्रति श्रद्धाञ्जली व्यक्त गर्दै नेपाली कांग्रेसका उपसभापति रामनारायण कुर्मीले पर्सा जिल्लामा नेपाली कांग्रेस को संगठन लाई मजबुत गर्न स्व.रामराजा प्रसाद कुर्मीको योगदान अतुलनीय रहेको बताए। उहाँ नेपाली कांग्रेसको पुरानो नेता रहेको र पार्टीमा उनले गरेको कार्य युवाहरु ले आत्मसात गरेर अगाडि बढ्नु पर्ने बताए ।

त्यस्तै जनता समाजवादी पार्टी पर्सा का नेता एवम क्षेत्र नं २ का प्रतिनिधि सभा का प्रत्यासी सुरेन्द्र कुर्मी ले स्वर्गीय कुर्मी बारे बोल्दै मिलनसार, सरल एवं समाजसेवि ब्याक्तित्वको निधनबाट समग्र समाजमा अपुर्णनिय क्षति पुगेको बताए ।

आज भएको श्रद्धाञ्जली सभामा नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री , नेपाली कांग्रेस पर्सा का सचिव तथा बिरगंज महानगरपालिकाका उपमेयर इम्तियाज आलम,नेपाली कांग्रेस बिरगंज महानगरपालिकाका सभापति महेन्द्र लाल नेपाली, क्षेत्र नं १ का अनिल सिहं , नवीन सिंह , प्रकाश उपाध्याय , राजेश तिवारी , मनोज यादव लक्षमण कुर्मी लगायतको उपस्थिति रहेको थियो ।

सो कार्यक्रमको संचालन नेपाली कांग्रेसका नेता श्याम पटेल गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close