पोखरिया नगरपालिकाले ल्यायो ४४ करोड बढीको बजेट पर्साको पोखरिया नगगरपालिकाले आगामी आर्थिक वर्ष

पोखरिया नगरपालिकाले ल्यायो ४४ करोड बढीको बजेट पर्साको पोखरिया नगगरपालिकाले आगामी आर्थिक वर्ष

पर्साको पोखरिया नगगरपालिकाले आगामी आर्थिक वर्ष २२०८२/८३ का लागि ४४ करोड बढीको बजेट सार्वजनिक गरेको छ । सोमबार पोखरिया नगरपालिकाको ९ औं नगरसभामा नगरपालिकाकी उपमेयर रुबी ठाकुरले आगामी आर्थिक वर्षका लागि ४४ करोड ४० लाख २७ हजार ४४८ सय ५८ रुपैयाँ बराबरको अनुमानित आयव्यसहितको बजेट प्रस्तुत गरेकी हुन् ।

पोखरिया नगरपालिकाले ल्याएको नीति तथा कार्यक्रम र बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकासलाई विशेष प्राथमिकता दिइएको प्रमुख प्रशासकीय अधिकृत रामविनय सिंहले बताए ।

पोखरिया नगरपालिकाका मेयर प्रदुमन चौहानको अध्यक्षतामा आयोजित गाँउसभामा उपमेयर रुबी ठाकुर , प्रमुख प्रशासकीय अधिकृत रामविनय सिंह, वडाध्यक्षहरु,कार्यपालिका सदस्यहरु, वडासदस्य ,कर्मचारी लगायतकाकोपनि सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close