‘गौरवशाली वीरगन्ज’ पुस्तक सबै विद्यालयहरुमा लागू गर्न महानगरकाे सिफारिस

‘गौरवशाली वीरगन्ज’ पुस्तक सबै विद्यालयहरुमा लागू गर्न महानगरकाे सिफारिस

वीरगन्ज महानगरपालिकाले महानगरमा रहेका सबै विद्यालयहरुमा ‘गौरवशाली वीरगन्ज’ नामक पुस्तक लागु गर्न सिफारिस गरेको छ।

महानगरमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा कक्षा ८ को लागि सन्दर्भ सामग्रीको रुपमा ‘गौरवशाली वीरगन्ज’ पुस्तक लागु गर्न महानगरको शैक्षिक प्रशासन महाशाखाले सिफारिस गरेको हाे।

पत्रकारद्वय माधुरी महतो र श्याम सरार्फले लेखेका ‘गौरवशाली वीरगन्ज’ लाई गत बैशाख ११ गतेको निर्णय अनुसार विद्यालयहरुमा लागु गर्न सिफारिस गरिएको महानगरका शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेले बताए।

भोजपुरी प्रतिष्ठान र वीरगन्ज महानगरको सहकार्यमा प्रकाशित ‘गौरवशाली वीरगन्ज’ पुस्तकमा वीरगन्जको इतिहास, पहिचान, गौरव, स्थानीय भाषामा साहित्य, जीवनी र लेख-रचना समेटिएको लेखक महताेले जानकारी दिइन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close